कम्युटरमा दक्ष बन्दै छन् गाई गोठालामा रम्ने सन्थालहरु



कुमार लुइँटेल
गाई गोठालामा दिन विताउने मंगल मुर्मु हिजो आज कम्प्युटरमा डेकस्टप पब्लिसिङको काम गर्न सक्छन् ।
झापा बैगुन्धुरा ९ निवासी उनी सीमान्तकृत सन्थाल समूदायका किसोर हुन् । स्थानिय अमर माध्यमिक विद्यालयमा कक्षा १० का छात्र उनले यस अघि कम्प्युटर देखेका थिएनन् । तर गत वर्षगाउ“कै विद्यालयमा कम्प्युटर शिक्षा शुरु भई अवसर पाएपछि उनी अहिलेको अवस्थामा आइ पुगेका हुन् ।
सन्थाल समूदायका धेरै मानिसलाई अहिले पनि कम्युटरको विषयमा थाहा छैन् । मंगल भन्छन्-कम्प्युटर त परको कुरा हो विद्यालय नआउने र गाई गोठालामा रमाउनेहरु धेरै छन् ।समूदायबाट विद्यालय आउनेहरुले पनि बिचैमा पर्ढाई छाड्ने गरेको उनले बताए ।
सोही विद्यालयकी कक्षा ९ की सन्थाल छात्रा धनिमाया मुर्मुको टाइपिङ स्पिड पहिलेको भन्दा सुध्रिएको छ । उनले माइक्रोसफ्ट वर्ड, डस, एक्सल, पावर पोइन्ट जस्ता प्रोग्राम सहजै चलाउन सक्छिन । बेसिक कोर्स पूरा गरेकी उनलाई शिक्षकले डिप्लोमा कोर्स गर्न सुझाव दिएका छन् । उनी भन्छिन्- गुरुहरुकै सहयोगले मैले कम्प्युटर चलाउन जानेको हो । पछि गएर कम्प्युटर नै चलाएर जीवन निर्वाह गर्ने इच्छा छ । मंगल र धनीमायाको आर्थिक अवस्था चित्त बुझाउने खालको भने छैन् । सामान्य बनिवुतो गरेर परिवारको जिविका चलेको उनीहरुले बताएका छन् । उनीहरु जस्तै पन्ध्र जना सन्थाल किसोर किसोरीले विद्यालयमा कम्प्युटर शिक्षा लिई रहेका छन् ।
केही महिना पहिले मंगलले कम्प्युटरको शुल्क दिन नसकेर पर्ढाई छाडेपछि अब्बल विद्यार्थीलाई अवसरबाट बन्चीत गर्न हुन्न भनेर निशुल्क सिक्ने व्यवस्था गरिदिएको कम्प्युटर शिक्षक ऋषिकुमार उप्रेतीले बताए । उनले भने-अन्य विद्यार्थीको तुलनामा दुबैले राम्रो गरेका छन् । गाउँमा कम्प्युटर सिक्ने अवसर भएपछि पिछडिएका समूदायलाई पनि सहाभागि गर्न विद्यालयले अभियान नै चलाउन लागेको उनले बताएका छन् ।
विद्यालयले कम्प्युटर कक्षा लिनेहरुबाट मासिक पचास रुपैयाँ शुल्क लिने गरेको छ । कम्प्युटर मेन्टेन्स गर्न शुल्क लिने गरिएको उप्रेती बताउ“ छन् । विद्यालयले ऐच्छिक विषयको रुपमा कम्प्युटर कक्षा चलाएको हो ।
मंगल र धनिमायाले विद्यालयको पर्ढाई पछि अन्यत्रै गएर कम्प्युटर कै एडभान्स कोर्स गर्ने सोचाई भएपनि आर्थिक अवस्थाका कारण चिन्ता बढेको बताएका छन् ।

Comments