छोटकरी समाचार

उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको विरोधमा आज पश्चिम झापामा सडकमा यातायात पूर्ण रुपमा ठप्प पारिएको छ । 
 जिल्लाको दक्षिणी गाविसहरुमा पनि उपराष्ट्रपति पुत्ला दहन गरिएको छ । शिवगंजमा युवाले विहान १० देखि एक घण्टा बजार बन्द गराएका छन् । 
 सुरुङा, दुर्गापुर, माइधार, धरमपुर र दमकमा सडकमा टायर बाली यातायातका साधन चल्न दिइएको छैन् । 
 माईधारमा विहान नौ बजे देखि अलपत्र परेका बोलबमका तर्ीथ यात्री लाई तीन घण्टापछि गन्तब्य तर्फजान दिइएको थियो ।
 सडकमा लाठी मुङग्री लिएर बसेका युवाले उपराष्ट्रपति झाको राजिनामा माग गर्दै चर्का नारावाजी गरेका छन् । 

--------------------------------------------------------------------------


सडकको अवस्था नाजुक बनेका कारण झापाको दुधेबाट शिवंगन्ज र महाभाराको कुन्जीवारीसम्म चल्ने यातायातका साधन बन्द भएका छन् । 
 त्यो रुटमा मेची यातायात संघसँग आबद्ध ६ वटा ठूला बस चल्ने गरेकोमा तीन देखि यातायात ठप्प रहेको संघका अध्यक्ष पूण्य ढकालले बताउनु भयो । 
 वर्षामा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटना हुन सक्ने खतरा बढेपछि यातायातका साधन नचलाइएको उहाँले बताउनु भयो । 
 शिवगन्जसम्म साना र हलुका जिपहरु भने पातलो गरि चलिरहेको शिवगंजका दीपक भेटवालले बताउनु भयो ।  

--------------------------------------------------------------------------


झापाको दुधे महाभारा सडक खण्डमा हालै कालोपत्रे गरिएको सडक एक महिना नवित्दै विग्रन थालेको छ । 
 त्यहाँ जिल्ला विकास समिती झापाले चन्द्रडाँगीबाट सात सय मिटर खण्ड बैसाख महिनामा निर्माण शुरु गरी एक महिना अघि सम्पन्न गरेको थियो । 
 तर सडक निर्माण सम्पन्न भएको केही समयमै सडकमा खाल्डा खुल्डी परेको निर्माण समितिका सचिव राकेशकुमार साहले स्वीकार गर्नु भयो । कमसल सामाग्री प्रयोग गरिएकोले सडक भत्केको उहाँले बताउनु भयो । 
 शिवगंजका स्थानियवासी लक्ष्मी यादवले सडक बनाउँदा हेल्चेक्राई गरिएकोले सडक भत्केको दाबी गर्नु भयो । उक्त सडकमा कालोपत्रे गर्न टेण्डर आव्हान नगरि स्थानिय छवि लुइटेल र गंगानन्द झालाई १५ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । 
 ठेक्दार झाले आफूहरुले सडक कमसल निर्माण गरेको प्रतिकृया दिनु भयो । 

कुमार लुइटेल

Comments