देशभर झाको पुत्ला दहनः


उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधमा विभिन्न दल निकट भातृ संगठन तथा विद्यार्थीहरुले शुक्रबार पनि देशभर प्रदर्शन गरे । उपराष्ट्रपतिजस्तो मुलुकको सम्मानित पदमा रहेको व्यक्तिले मातृ भाषाको बेवास्ता गर्दै हिन्दीमा सपथ लिएको भन्दै विद्यार्थीलगायतका संगठनहरुले प्रदर्शन सुरु गरेका हुन् । झाको विरोधमा मधेशी जनताले पनि विरोध गरेका छन् । उनले आफ्नो मातृ भाषा मैथिलिलाई समेत उपेक्षा गरेको भन्दै झाले राष्ट्रघात गरेको जनाएका छन् । उनीहरुले सम्पूर्ण मधेशी जनताको शिर निहुराएको प्रतिक्रिया दिएका छन् । राजधानीलगायत देशका विभिन्न भागमा शुक्रबार झाको पुत्ला दहन गरियो ।


Comments