समाचार दहालको

दहालको जनसंख्या धेरै भएर हो कि के हो यति वेला जताजतै दहालकै मात्र चर्चा छ त । प्रधानमन्त्री पनि दहाल नै होला जस्तो छ देशको । यता सामान्य दुर्घटनामा पनि जहिँतहिँ दहाल नै । पिडक पनि दहाल, पिडित पनि दहाल । यी तलका दुइवटा समाचार पढ्दा नै थाहा हुन्छ नि जताजतै दहाल । 
----------------------------------------------------------------
भद्रपुर नपा-१२ को कालिमन्दिर अगाडि ०६५ साउन ७ गते राति पौने ११ बजे अज्ञात समूहले सुतली बम विष्फोटन गराउँदा एक सर्वसाधारण घाइते भएका छन् । 

रातको समयमा एक्कासि ठूलो आवाजमा विष्फोटनको आवाज सुनिएको स्थानियवासी यज्ञ अधिकारीले बताएका छन् । सोही समयमा कामको सिलसिलामा चन्द्रगढीबाट भद्रपुरतर्फजाँदै गरेका चन्द्रगढी गाविस-६ का २६ वर्षीय विक्रम दहाललाई उक्त सुतली बमको छर्रा लागेर सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय भद्रपुरका र्सइ चर्तुभुज घिमिरेले बताएका छन् । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको उनले बताएका छन् । 

बम कसले र किन विष्फोटन गराएको हो भन्ने कुराको अनुसन्धान भइरहेको भए पनि हालसम्म पत्ता लाग्न नसकेको सई घिमिरेले बताएका छन् ।
------------------------------------------------------------------- 

दमक नपा-१० खरखरेकी सीता दहाललाई ०६५ साउन ८ गते बिहान पति होम दहालले खुकुरीले काटेर हत्या प्रयास गरेका छन् ।
 

घरायसी वादविवादका कारण लगातार झै-झगडा हुँदै आएकोमा आज पनि उनीहरूबीच बिहान सवेरै विवाद सुरु भएको थियो । त्यसपछि पति दहालले एक्कासि खुकुरी निकालेर प्रहार गरी हत्याको प्रयास गरेका थिए । पीडितको दुवै हात, कम्मर र अनुहारमा गहिरो चोट लागेको र हाल चिन्ताजनक अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको तथा पीडक फरार रहेको दमकका असई युवराज बस्नेतले बताएका छन् । 
 
घटनाको अनुसन्धानको लागि प्रहरीले पीडकका बुबा, आमा र कान्छी पत्नीलाईर् इलाका प्रहरी कार्यालय दमकमा बोलाएर सोधपुछ गरिरहेको बताइएको छ ।

--------------------------------------------------------------------------
नोट : यो व्लगर पनि दहाल नै भए पनि आफ्नो थरको प्रचार गरेको होइन है । 

Comments