छोटकरी समाचार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्न प्रयास गर्ने गिरोहमा संलग्न एकजना भुटानी शरणार्थी प्रक्राउ परेका छन् । 
 झापाको काकरभिट्टाबाट नविन पौडेल नाम गरेका शरणार्थी युवा केही दिन अघि पक्राउ परेका हुन् ।
 उनले पोखरा र सोलुखुम्वुका पाँच जना नेपाली बाट तीन महिनाको अवधिका ३ लाख ५० हजार रुपैयाँ अशुल गरेको प्रहरीसँग स्वीकार गरेको भुटान समाचार संस्थाले जनाएको छ । 
 पौडेलले उनीहरुलाई अमेरिका जान १८ लाख रुपैयाँ लाग्ने भनेको समाचारमा जनाईएको छ । 
 झापाबाट उनलाई थप अनुसन्धानका लागि काठमाण्डौ  पुर्‍याइए पनि  थप केही खुलाइएको छैन् । पौडेलको साथबाट उनी भुटानमा रहँदा त्यहाँको सरकारबाट पीडित बनेको प्रमाण स्वरुप अन्तराष्ट्रिय रेडक्रसले उपलब्ध गराएको २४५ नम्वरको परिचयपत्र पनि बरमाद भएको छ ।  
  


भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनलाई पुनः गति दिईने भएको छ । 
 तेस्रो मुलुक पुनर्वास प्रकृयापछि स्वदेश फिर्तीको आन्दोलन ओझेलमा परेकोले शरणार्थीको छाता संगठन भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीको अगुवाईमा त्यस्तो अभियान चलाउन लागिएको हो । 
 समिती पुनर्गठन पछि अध्यक्षको जिम्मेवारी पाउनु भएका शरणार्थीका अगुवा डा. भम्पा र्राईले स्वेच्छिक स्वदेश फिर्तीको कार्यक्रमलाई पनि निरन्तरता दिने तयारी भई रहेको बताउनु भएको छ । 
 समितीको हिजो बसेको वैठकले नयाँ नेतृत्व चयन गरेपछि आन्दोलनको खाका तयार गरेपनि यस विषयमा थप केही खुलाईएको छैन् । 
राईले पुनर्वासमा जान अनिच्छुक शरणार्थीको लागि स्वदेश फिर्तीको ढोका खुला गर्न भुटानलाई दबाव दिन भारत, नेपाल र संयुक्त राष्ट्र संघलाई आग्रह गरिने बताउनु भयो ।  



झापामा ट्राफिक नियमको अवहेलना हुन थालेपछि अनुगमन बढाइएको छ । 
 आज दमकका विभिन्न स्थानमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले राजमार्गमा अनुगमन गरिरहेका छन् । 
इलाका प्रहरी कार्यालय दमकले प्रहरी टोली राजमार्गमा खटिएर नियम उल्लंघन गर्ने सवारी साधनको चेकजाँच गरिरहेको जनाएको छ । 
प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताउनु भयो मोटरसाइकलमा तीनजना चड्न नदिने , हेल्मेट लगाउन र सवारी साधनलाई नियम पालना गर्न अभिप्रेरित गर्ने काम प्रहरीले गरिरहेको बताउनु हुन्छ । 
 हिजो बसेको र्सवपक्षिय बैठकले जिल्लामा ट्राफिक नियम पालना गर्न कर्डाई गर्ने निष्कर्षनिकालेको थियो ।  


दमक रवि चिसापानी सडक खण्डमा तीन किलोमिटर नया“ ट्राक खन्ने कार्य संम्पन्न भएको छ । 
 पुर्वाञ्चल सडक डिभिजन कार्यालय दमकले दिएको जानकारी अनुसार इलामको बा“झो गाविसमा नयाँ ट्र्याक खनिएको हो । 
 इञ्जिनियर लोकबहादुर कार्कीले तीन किलोमिटर बाँकी खण्डमा सडक मर्मत र सफाई गर्ने कार्यपनि सकिएको छ । 
 सडक निर्माण गर्न सरकारले यस गत आर्थिक वर्ष एक करोड रुपैयाँ बजेट निकासा गरेको थियो । सडक योजना रातो कितावमा पनि परेको छ । दमकबाट पाँचथर जोड्ने यो राजमार्ग दुरीका हिसावले छोटो हो ।  

कुमार लुइटेल


Comments