देश हेर्न मन लाग्यो



- रुबिना खनाल

 





क्षितिजबाट चियाएर, देश हेर्न मन लाग्यो

परीसंग पंखसाटी उड्दै, देश पुग्न मन लाग्यो

मान्छेको भिडमा मेरो देशको, पहिचान खोज्न मन लाग्यो

क्षितिजबाट चियाएर, नेपाल हेर्न मन लाग्यो ।



परदेशमा मेरो देशको, छायाँ छुन मन लाग्यो

विहानीको किरणमा नेपालकै चित्र हेर्न मन लाग्यो

यो माटोमा जन्मभूमिको सुवास खोस्न मन लाग्यो

परदेशमा नेपालको छायाँ छुन मन लाग्यो ।



बताससंग बहँदै बहदै देश भेट्न मन लाग्यो

यहाँका बृक्षमुनि बसी आफ्नै छहारी सम्झन मन लाग्यो

मनभित्र आफै झाँकिएर देश स्पर्श गर्न मन लाग्यो

बताससंग बहदै बहदै नेपाल भेट्न मन लाग्यो ।




पल्टाएर पानाभरी देश कोर्न मन लाग्यो

अक्षरभरी पनि देशको रंग भर्न मन लाग्यो

मेरो देशको कथा व्यथा आज लेख्न मन लाग्यो

एक पटक आफैभित्र देश खोज्न मन लाग्यो ।





- सितापाईला, काठमाण्डौ हाल स्कटल्याण्ड
(hi5.com बाट)

Comments