छोटकरी समाचार

झापाको शान्तिनगरमा प्रहरीले चलाएको गोलि लागेर आज बिहान एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने झापा जलथल ९ का विश्वपति नेम्वाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट गस्तिमा गएको प्रहरी टोलीमाथि शान्ति नगरबाट मोटरसाईकलमा आउदै गरेका नेम्वाङले प्रहरीमाथि पेस्तोलले फायरिङ गर्न खोजेपछि प्रहरीले प्रतिकार गरेको थियो ।
प्रतिकारमा प्रहरीले चलाएको गोली लागी उनको घटना स्थलमै मृत्यु भएको हो । घटनाको पुष्टि गर्दै सशस्त्र प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले आत्मरक्षाका लागि गोली चलाउदा उनको मृत्यु भएको जानकारी दिनुभएको छ ।
मृत्यु हुने महेन्द्र पुलिस क्लबमा कार्यरत प्रहरी नै भएको झापा प्रहरी स्रोतले बताएको छ । तर क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले भने त्यसको स्वतन्त्र पुष्टि गरेको छैन । घटना धुलावारी बाट ५ किलोमिटर उत्तर जंगलमा भएको हो ।
-------------------------------------------------------------------------------------
घुस लिएर जग्गाधनी पूर्जा बितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले २ नम्बर नापी कार्यालयमा छापा मारेको छ ।
दमक १३ मा जग्गाधनी पूर्जा बितरण गरी रकम असुलेको भन्दै प्रशासनले छापा मारेको हो । शाखा अधिकृत मणीराम न्यौपानेको नेतृत्वको टोलीले २ नम्बर नापीको दमक स्थीत कार्यालयमा छापा मारेको हो ।
टोलीले स्थानिय अगुवा हाम पाठकको घरमा समेत छापा मारेको छ । छापामार्ने क्रममा कार्यालयका सेबाग्राहीका साथमा कार्यालयको सहिछाप बिनाको २ बटा धनीपूर्जा फेला पारेको शाखा अधिकृत न्यौपानेले बताए ।
भूमीसुधार मन्त्री जगतबहादुर बोगटीको ठाडो आदेशमा दमक १३ का ७ सय परिवारलाइ धनिपुर्जा बितरण गरिएको थियो । बिबाद बढेपछी सोमबारबाट पुर्जा बितरण बन्द भएको थियो ।


Comments