दिनभर काम रातभर जाग्राम

कुमार लुइटेल
गाउँमा सबैलाई रोपाईको चटारो छ । फुर्सदमा सितीमिती कसैलाई भेटिन्न । विहान सबेरै उठ्यो हलगोरु लियो, लाग्यो खेत तिर । कसैलाई धान रोप्न त कसैलाई ब्याड ठिक्क पार्न अनि कसैलाई मैजारो गर्न भ्याइ नभ्याइ छ । असारे झरीमा रोपाइमा व्यस्त बाहुनडाँगीका किसानलाई दिनमा फुर्सद छैनन नै रातमा पनि जाग्राम बस्नु पर्ने बाध्यता छ ।
रातभर जाग्राम बस्न रहर नभएपनि जिउ ज्यानको सुरक्षाको लागि बस्न परेको छ, वालबच्चाको पनि त पिर छ, धनसंम्पती पनि जोगाउनै परेको छ- स्थानिय लछुराम थापाले भने । वर्षौ देखि जंगली हातीको उपद्रोबाट वाक्क भएका बाहुनडाँगीका बासिन्दाले समस्या समाधानका लागि कयौं उपाय लगाइ सकेका छन् । सरकारले पनि धेरै प्रयास गरेको छ । तर समस्या भने अहिले पनि ज्यू"का त्यू" छ । यहा"का किसानले दिनभर खेतमा काम गरेर राती रा"को बेकेर गस्ती गर्न परिहेको छ ।
हाती धपाउन पटकाको सहारा लिएकाछन् । समस्याको दर्ीघकालिन समाधानमा भएका दर्जनौ प्रयास विफल भएका छन् । बर्खामा हात्तीको उपद्रो अझ बढ्ने भएकोले रात्री गस्ती गर्न परेको हो ।
स्थानिय हाती प्रकोप नियन्त्रण समितीका संयोजक मणीकुमार उप्रेतीले भनेे- लाईट बालेर पटका पड्काउदै हाती धपाउन संभव छैन । तर पनि सबैको सल्लाहले रातभर हात्ती रुघ्न जाग्राम बसिरहेका छौं ।
बाहुनडा"गीमा बाह्रै महिना भारत तर्फाट आउने जंगली हातीले ठूलो धनजनको क्षति गर्ने गरेको छ । वषर्ायाममा यो क्रम अझ बढ्ने गर्छ । स्थानिय विष्णु पराजुली भन्छज्- हाती धपाउन रोपाई छाडेर रातभर अनिदो बस्नु पर्ने अवस्था छ । अलच्छीना कुन गौंडाबाट आउने हो थाहा नै हुन्न,अन्नपात जोगाउन पनि मुश्किल छ ।
बाहुनडा"गीमा हातीको उपद्रो नियन्त्रण गर्न यस अघि ल्याइएका सुरुङबार, मौरीपालन, तरजाली बर्ेर्ने, टुङ बनाउने लगायत दर्जौनौ योजना निस्प्रभावकारी बनिसकेकाछन् ।
भारतको बंगाल क्षेत्रबाट आउने जंगली हातीले जिल्लामा १७ जनाको ज्यान लिईसकेको छ । ठूलो परिमाणमा धन संम्पती क्षति भएको छ । हाती प्रकोप नियन्त्रण समितीका संयोजक उप्रेतीले भनेे- अहिले सम्म स्थानिय स्तर र सरकार बाट गरिएको खर्च बालुवामा पानी हाले बरावर भएकोले अब नया" उपायको खोजी हुनर्ुपर्छ । नत्र हामीले अझ कति वर्षसास्ती बेहोर्न पर्ने हो थाहा छैन ।

Comments