पुरुषले जन्माए सन्तान


ओरेगन/ गर्भवती अमेरिकी पुरुष थोमस बियटीले आइतबार छोरी जन्माएका छन् । बियटीले ओरेगनको बेन्ड अस्पतालमा छोरी जन्माएका हुन् । अस्पतालका अनुसार 'बाबु' र छोरीको स्वास्थ्यस्थिति राम्रो छ । 
छोरीको रूपमा जन्मिएका ३४ वर्षे बियटी दस वर्षअगाडि कानुनीरूपमा लिंग-परिवर्तन गरेर पुरुष बनेका हुन् । तर उनले बच्चा आफै जन्माउन चाहेकोले प्रजनन अंग भने फेरेका थिएनन् । 
'मेरो विचारमा सन्तान जन्माउने महिला वा पुरुष आवश्यकता होइन । यो मानव आवश्यकता हो,' ओपरा विलपि|mक शोमा अन्तर्वार्ता दिँदै बियटीले भनेका थिए । 
अरूको वीर्यको सहयोगमा उनी गर्भवती बनेका हुन् । छोरीले कसलाई आमा भन्नेमा कुनै अन्योल नरहेको उनी बताउँछन् । 'म छोरीको बाउ हुनेछु र मेरी श्रीमती आमा,' आमा बन्नुभन्दा केही दिनअघि उनले भने । छोरीको पहिलो तस्बिर बेचेर यी जोडीले पाँच लाख पाउन्ड पाउने अनुमान गरिएको छ । 


Comments