दमक क्षेत्रका छोटकरी समाचार

विभिन्न अपराधमा संलग्न तीन जना झापाको दमकबाट पक्राउ परेका छन् ।
रात्रि गस्तीको क्रममा प्रहरीले गएराती दमकका अलग अलग स्थानबाट झापा कोरोवारी १ वलबहादुर बराल, दमकको बेलडा“गी शिविर २ का यामु गिरी र दमक १३ का अर्जुन कटुवाल लाई पक्राउ गरेको हो ।
उनीहरु सबै चोरी, लुटपाट लगायत र्सार्वजनिक अपराधमा संलग्न रहेको प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताए ।

सरकारको इजाजत बिना मेनपावर संचालन गरेको अभियोगमा झापाको दमकबाट पक्राउ परेका ११ जनालाई तेस्रो पटक म्याद थप गरि हिरासतमा राखिएको छ ।
दमकमा विभिन्न मेनपावर कम्पनीको कन्सल्टेन्सी खोलेर बसेका उनीहरु गत असार ५ गते पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले आज म्याद थप गरेर सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए । पक्राउ परेकालाइ आफू“ले ठगि नगरेको प्रमाण पेश गर्न समय दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । संचालनका लागि झापामा दुइवटा बाहेक अन्य मेनपावरले सरकारको इजाजत लिएका छैनन् । विकृति र ठगि बढेको पाईएपछि स्थानिय प्रशासनले कर्डाई गर्न शुरु गरेको हो ।

दमक न.पा.का दुइ वटा वडामा सात महिना देखि अबरुद्ध टेलिफोन सेवा सुचारु गर्न काम शुरु भएको छ ।
नेपाल टेलिकमको दमक कार्यालयले टेलिफोनको तार चोरी भई अबरुद्ध बनेको लाईन सुचारु गर्न वडा नं ८ र १६ मा काम शुरु गरेको हो ।
ती वडामा जमिन मुनीबाट केवुल विच्छाउने काम भई रहेकोे टेलिकम दमकका प्रमुख अर्जुनकुमार घिमिरेले बताए ।
स्थानिय चियाबगान क्षेत्रमा बारम्वार टेलिफोन केबुल चोरी हुँदा ती वडाका ८४ लाईन टेलिफोन अबरुद्ध थिए । स्थानिय माधव सिटौलाले तार विच्छाउने कार्यमा स्थानियवासीले पनि काम गरि रहेको बताए ।

बैदेशिक रोजगारीमा लगिदिने बाहनामा ठगिएका झापा दमक १० का ज्ञानेन्द्र नेम्वाङले न्यायका लागि प्रहरीको ढोका घच्घच्याएका छन् ।
दमकमा केही समय पहिले खुलेको नुमाफुङ कन्सलटेन्सीका प्रतिनिधी नरेन्द्र नेम्वाङले आफूलाई ठगि गरेको दाबी गर्दै उनले प्रहरी समक्ष उजुरी गरेका हुन् ।
अफगानिस्तान लगिदिने भन्दै आफू“ बाट लिएको २ लाख १० हजार रुपैयाँ नेम्वाङले फिर्ता नगरेको व्योहोरा उनले प्रहरी समक्ष गरेको उजुरीमा उल्लेख छ ।
अफगानिस्तानमा नेपाल सरकारले बैदेशिक रोजगारीको इजाजत दिएको छैन् ।
झापाको दमक १५ स्थित प्रगति टोल विकास संस्थाको विहिवार भएको वाषिर्क साधारण सभाले नया“ कार्य समिती चयन गरेको छ ।
श्रीमती हिरा श्रेष्ठ अध्यक्ष, सृजना गुरागाई सचिव र लिला सिम्खडा कोषाध्यक्ष रहेको नयाँ कार्य समिती चयन भएको हो ।
उनन्तीस घर धुरी सदस्य रहेको त्यो टोल विकास संस्थाले हालसम्म ४३ हजार रुपैया“ वचत कोष खडा गरेको दमक नगरपालिकाकी सामाजिक परिचालिका लक्ष्मी बरालले जानकारी दिएकी छन् ।
त्यो टोल विकास संस्थामा आदिवासी र जनजाति सदस्यको बाहुल्यता रहेको उनले बताइन् ।
(साथी कुमारको सहयोग)

Comments