होटलमा हुने यौन विकृति रोक्ने सहमती

होटलमा हुने यौन विकृति रोक्ने सहमती
दमक/झापाको दमकका होटल तथा रेष्टुराँमा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न आज र्सवपक्षिय सहमती भएको छ ।
इलाका प्रहरी कार्यालयमा आज भएको छलफलमा यस्तो सहमती भएको हो ।
छलफलले यौन विकृति रोक्न चार दिनभित्र र्सवपक्षिय समिती गठन गर्ने र समितिले अनुगमन गरि निष्कर्ष निकाल्ने निर्णय समेत गरेको छ ।
त्यस अवसरमा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, होटल व्यवसायी गंगा सिटौला,प्रहरी निरिक्षक गोविन्दराज काफ्ले लगायतले समाजमा रहेका विकृति नियन्त्रण गर्ने जिम्मा समाजका सदस्यको पनि भएको बताउनु भएको थियो ।
दमकका होटल तथा रेष्टुराँमा महिला कामदार राखि खुला रुपमा यौन व्यवसाय संचालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले समेत निगरानी बढाएको छ । यसैबीच अस्ती पक्राउ गरिएका पाथिभरा खाजा घरका संचालक नारायण श्रेष्ठलाई अब उपरान्त खराव काम नगर्न चेतावनी दिइएको छ । उनीसँगै पाँच जना युवतीलाई अस्ती राती प्रहरीले समातेको थियो ।

फेरि अवैध काठ बरामद
दमक/अवैध रुपमा लुकाई राखिएको अवस्थामा प्रहरीले चालिस किवी काठ बरामद गरेको छ ।
झापा दमक ६ का रमेश पौडेललको घरमा लुकाई राखिएको अवस्थाम गएराती ४८ हजार रुपैयाँ मूल्य बरावरको चिरान काठ इलाका प्रहरी कार्यालय दमकको गस्तीले बरामद गरेको हो ।
बरामद भएको काठ अजै जिल्ला वन कार्यालय झापा पठाइएको छ । दमकमा इलाम चुलाचुली क्षेत्रबाट तस्करी गरि ल्याइएको काठ पटक पटक प्रहरीले समाउने गरेपनि तस्करी नियन्त्रण भने हुन सकेको छैन् ।

ज्वरोले सिंगो टोल थलियो
महाभारा/झापा महाभारा ४ को बालुवाडी टोलमा ज्वरोको प्रकोप फैलिएपछि टोलका अधिकांश बासिन्दा थलिएका छन् ।
केही समय पहिले बाढीबाट विस्थापित भएका विस परिवारका अधिकांश सदस्यहरु रोगबाट ग्रसीत भएको स्थ्ानियवासीले बताएका छन् । त्यहाँका प्रत्येक घरका कोही न कोही सदस्य ज्वरो आएर थलिएको पर्ूव गाविस अध्यक्ष विजय अग्रवालले बताउनु भयो ।
पाल टाँगेर कष्टप्रद रुपमा बसेका उनीहरुको स्वास्थ्य उपचारका लागि हालसम्म कसैलेपनि चासो नदेखाएको पीडितको गुनासो छ ।
महाभारा गाविसमा हरेक वार्ष माई र बनियानी नदीले उपद्रो मच्चाउँदै आएको छ । खोलाको भंगालोका कारण वडा नं ५ त टप्पुमा परिणत भएको छ ।


Comments