शिविरमा गोली

प्रहरीद्वारा अत्याधिक खोजी गरिएका झापाको दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थी युवा लालबहादर गुरुङमाथि गोली प्रहार भएको छ । 
 शनिवार बिहान साढे पाँच बजे बेलडाँगी १ का मणीराज सुब्बाको घरमा उनका साथी यादव गुरुङले उनलाई गोली हानेका थिए । 

 दायाँ काखीमा हानिएको गोली गोली बायाँ पट्टी निस्किएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनलाई चिन्ताजनक अवस्थामा उपचारका लागि धरान पुर्र्याइएको प्रहरी निरिक्षक गोबिन्दराज काफ्लेले बताए ।

 प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका गुरुङ हत्या, अपहरण,  लुटपाट, डकैती आदि घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । 
 यसअघि बेलडाँगी शिविरका तेन्जीङ शर्ेपाको हत्या, विश्व खाद्य कार्यक्रममा कर्मचारीलाई गोली हान्ने आदि घटनामा आफ्नो संलग्नता रहेको उनले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी निरिक्षक काफ्ले ले बताए । 
(कुमार)

Comments