एघार नेपाली गिरफ्तार

 

 जबरजस्ती पैसा उठाउँदै आएको आरोपमा बनारस प्रहरीले शनिबार ११ जना नेपालीलाई गिरफ्तार गरेको छ। बनारस प्रहरीका अनुसार उनीहरूले भारतीय व्यापारीबाट जबरजस्ती पैसा उठाउँदै आएका थिए। बनारस प्रहरीको स्पेसल अपरेसन ग्रुपका एसएसपी विजय प्रकाशका अनुसार पक्राउ परेका ती नेपालीको साथबाट हतियार र विस्फोटक पदार्थसमेत फेला पारिएको छ। गिरफ्तार ती एघारजना नेपाली समूहको नाम मुन्ना बजरंगी रहेको छ। उनीहरूबाट तीनवटा पेस्तोल, तीनवटा रिभल्बर, पाँचवटा देशी पाइप बन्दुक, तीनवटा मोटरसाइकललगायत बरामद गरिएको उनले बताए। उक्त समूहको बनारस र आसपासका क्षेत्रका मुख्य हर्ताकर्तामा रिंकु तिवारी र विश्‍वास नेपाली रहेको एसएसपी प्रकाशले बताए। 'नेपालमा धन्दा चलाउँदै आएका उनीहरूका नाइकेले फोनमार्फत पैसा उठाउने निर्देशन दिने गर्दथे। फोनमा दिइएको निर्देशनको भरमा उनीहरूले उत्तर प्रदेशका पूर्वी भागका प्रतिष्ठित व्यापारीबाट जबरजस्ती पैसा उठाउँदै आएका थिए', एसएसपी प्रकाशले भने। गिरफ्तार भएपछि उनीहरूले एक इन्जिनियर र कम्युटर इन्स्िटच्युटमार्फत दुई लाख रूपैयाँ उठाएको बयान प्रहरीलाई दिएका छन्।

Comments