चेपाङ बस्तीमा भोकमरी

धादिङका चेपाङ बस्तीमा भोकमरी सुरु भएको छ । धुसा महादेवस्थान, मार्सखर्क, झुरीवास, जोगिमारा, माङराङ गाविसका बस्तीमा खाद्य अभावले भोकमरी भएको हो ।

भोकमरी लागेपछि चेपाङहरू जंगलमा गई गिठ्ठा, भ्याकुर, तरुल, भार्लाङ, प्यागुना, भलायो, डुम्री, खनायो, टा“की, सिस्नुजस्ता कन्दमूल खोजेर खान बाध्य छन् ।

कतिपय चेपाङ परिवार पाल्न नसकी कामको खोजीमा चितवन र अन्य बजार क्षेत्रतर्फलागेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य जितेन्द्र चेपाङले बताए । धादिङमा अधिकांश चेपाङलाई तीन महिना मात्र खान पुग्ने भए पनि अहिले तरकारी व्यवसायमा लागेकाले उनीहरूलाई छ महिनासम्म खान पुग्ने जितेन्द्रले बताए ।

संघको तथ्यांकअनुसार नेपालमा ४ प्रतिशत चेपाङलाई मात्र खान पुग्छ । धादिङमा कुम्पुर, गोगनपानी, नौबिसे, था“क्रे, पिडा, गजुरी, महादेवस्थान, धुसा, बेनीघाट र जोगिमारा दस गाविसमा चेपाङको बस्ती छ ।

जिल्लामा चेपाङ संख्या १५ हजार छ । चेपाङ क्षेत्र हर्ेर्ने एक दर्जन संघ संस्था भए पनि चेपाङको अवस्थामा सुधार आउन नसकेको संघका केन्द्रीय सचिव तिलक चेपाङले बताए ।

Comments