दमक क्षेत्रका केही समाचार

 

भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि प्रवासमा रहेका भुटानी दलहरुको साझा मोर्चा नेशनल फ्ण्ट फर डेमोक्रेसीेले लङ मार्च अभियानलाई पुन निरन्तरता दिने भएको छ ।
फण्टका अध्यक्ष बलराम पौडेलले भावि कार्यक्रमको रुपमा काकरभिट्टाको मेची पुलबाट पुन स्वदेश फिर्तीको अभियान थाल्ने बताउनु भयो । कार्यक्रम तय भएपनि मिती भने यकिन नभएको पौडेलले बताउनु भयो ।
उहा“का अनुसार स्वदेश फिर्तीको विषयमा नेपालमा अब वन्ने नया“ सरकार र भारत सरकारको धारणा बुझ्न केही समय पछि नै उच्च स्तरिय टोलीहरु नया“ दिल्ली र काठमाण्डौ पठाउने तयारी गरिएको छ ।
भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको कार्य शुरु गरिपछि स्वदेश फिर्तीको आन्दोलन र पहल ओझेलमा परेका छन् ।
मोर्चाले भुटान सरकारलाई समेत अपिल पर्ठाई स्वदेश फिर्तीको लागि वातावरण बनाउन आग्रह गर्दै आएको छ । भुटान भ्रमणमा जानु भएका भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई उस्ले अपिल पठाइ समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको थियो ।
मोर्चाले गत वर्षमे २८ बाट लङ मार्च अभियान शुरु गरेको थियो । तर भारतीय सुरक्षाकर्मीले मेची पुलबाट शरणार्थीलाई अघि बढ्न नदिएपछि कार्यक्रम स्थगन गरिएको थियो । पुलमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागि एकजना भुटानी शरणर्थी मोरङ शनिश्चरे शिविरका सहबहादुर शिवाको मृत्यु भएको थियो । त्यसबेला लङ मार्च अभियान तीन दिनसम्म चलेको थियो ।


तस्करी गरेर ल्याइएको चार टुन काठ शुक्रवार राती प्रहरीले झापाको दमकबाट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकको गस्ती टोलीले दुईवटा रिक्सामा राखेर ल्याइदै गरेको अवस्थामा काठ बरामद गरेको हो ।
प्रहरीले तस्करीमा संलग्न भने पक्राउ पर्न नसकेको जनाएको छ । दमकमा सिमावर्ती इलामको चुलाचुली क्षेत्रबाट काठ तस्करी हुने गरेको छ ।


अभाव भएको मौका छोपी झापाको दमकमा पेट्रोल प्रतिलिटर दुई सय रुपैयामा विक्री गर्न थालिएको छ ।
भारतीय सिमा नाकाबाट दमक भित्राइएको पेट्रोल खुल्ला रुपमा दमक चौकमा बोतलमा राखि सो मूल्यमा बिक्री भएको हो ।
स्थानिय गणतन्त्र चौक आसपासमा यसरी तीनचार दिन यता पेट्रोल बिक्री भईरहेको स्थानिय नविन केसीले बताउनु भयो ।
छ दिनसम्म भएको यातायात बन्दका कारण झापामा पेट्रोलियम पदार्थ आयात गर्न नसकिएकोले अभाव भएको स्थानिय सगरमाथा पेट्रोल पम्पले जनाएको छ ।
दमकमा भोलिसम्म पेट्रोलियम पदार्थ आउने व्यवसायीले बताएका छन् ।


कुमार लुइटेल



Comments