अश्लील चित्र हेर्नेको पद घटुवा

टोकियो/ कार्यालय समयमा कार्यालयकै कम्प्युटरबाट पोर्नाग्राफी (अश्लील चलचित्र) हेरेको आरोपमा जापानका एक सरकारी अधिकारीको पद घटुवा गरिएको छ । उनले नौ महिनामा सात लाख ८० हजार पोर्नाग्राफी साइट हेरेको बताइएको छ । पश्चिमी जापानको किनोकावा सिटी गभर्नमेन्टका कर्मचारीले जुन २००७ देखि फेब्रुअरी २००८ सम्म कार्यालय समयमै अश्लील चलचित्र हेरेको अधिकारी टोमीको वाकी बताउँछन् । तर, कारबाहीमा परेका कर्मचारीको नाम खुलाइएको छैन । उनको यो गतिविधि उनकै सहकर्मीलाई समेत थाहा भएन । कम्प्युटर भाइरस प्रभावित भएपछि मात्रै जाँचबुझ गर्दा यस्तो कर्तुत फेला परेको हो । पद घटुवाका साथै उनको मासिक तलबमा २० हजार येन पनि कटौती गरिएको वाकीले बताएका छन् ।

Comments