चोखो माया पनि देखियो...

हेटौंडा नगरपालिका चौकीटोलकी २१ वषीया सुनिता केसीसँगै बाँच्ने र सँगै मर्ने कसम खाएर मकवानपुरको सुनाचुरी ब्यारेकमा अमल्दार युवराज केसीसँग वैवाहिक बन्धनमा बाँधिइन् । २ वर्षघि वैवाहिक बन्धमा बाँधिएकी सुनिताले श्रीमान्को कुटाइ त परै जाओस् श्रीमान्को हातबाट मर्नुपर्छ भनेर सोचेकै थिइनन् । तर सुनिताले जे नसोचेको त्यही हुन गयो । सामान्य झै-झगडामा नै सुनिताको हत्या उनकै मायालु पति युवराजले गरेका छन् । अघिल्लो साता काठमाडौं जाने विषयमा सामान्य विवाद भएपछि युवराजले आफ्नै ससुराली घरमा सुनिताको घाँटी चुलेसीले रेटेर हत्या गरेका छन् ।
प्रेमविवाह गरेका सुनिता र युवराजको पहिलेदेखि नै पारिवारिक कलहबाट सुनिताले निर्घााकुटपिट सहनुपरेको उनका माइतीहरूले बताएका छन् । हत्यापछि फरार भएका युवराजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासतमा राखेको छ । प्रहरीको वयानमा उनले आवेगमा आएर आफैंले श्रीमतीको हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए ।
सुनिताको भन्दा कम छैन पीडा गौरीका परिवारको पनि ।
मकवानपुरको हटिया गाविस, चिसापानीकी गौरी चौलागाईलाई बाबुआमाले रौतहटको सन्तपुरका चिरञ्जीवी तिमल्सिनालाई सुम्पिएका थिए । बिहे बन्धनमा बाँधिएको १ महिना नपुग्दै उनी पनि आफ्नै श्रीमान्बाट हत्याको सिकार बनिन् । बनेपाको खोपासीस्थित प्रहरी चौकीका अर्सइ चिरञ्जीवीले दाइजो नपाएको निहुँमा श्रीमतीको निर्मम तरिकाले हत्या गरेका छन् । दाइजोमा मोटरसाइकलको नदिएको निहुँमा गौरीलाई चिरञ्जीवीले २२ वषीया गौरीको नाक-कान काटेर र दुवै आँखा समेत झिकेर खोपासीस्थित जंगलमा मारेर फालेका थिए । आफ्नी श्रीमतीको हत्या गर्ने चिरञ्जीवी अहिले इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी हिरासतमा रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार चिरञ्जीवीले आफूले श्रीमतीको हत्या गरेको स्विकारेकाले उनलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।
आफ्ना छोरीको हत्या भएपछि सुनिता र गौरीका बाबुआमा पीडामा डुबेका छन् । आफूले दुःख गरेर हुकाएका छोरीहरूको हत्या भएको घटनाले उनीहरूको पारिवारमा नैराश्य छाएको छ । गौरीका बाबु श्यामकृष्ण चौलागाई भन्छन्- 'देश र जनताको सुरक्षा दिनुको साटो आफ्नै श्रीमतीको हत्या गर्ने यस्ता सुरक्षाकर्मीलाई राज्यले कडा कारबाही गर्नुपर्छ ।' मारिएकी आफ्नी छोरी फर्किएर नआउने भए पनि अरू आमाबुवाले आफ्नो जस्तो पीडा व्यहोर्नु नपरोस् भन्नका लागि अपराधीहरूलाई कडा कारबाही हुनुपर्ने उनको माग छ ।

(समय)

Comments