माओवादीका कुरा

संविधान सभाको चुनाव भएको भोलिपल्ट मात्र मलाई थाहा भयो राजन माओवादी रहेछ । माओवादीको सामान्य भोटर या शुभचिन्तक मात्र नभएर गाउँ कमिटीको सेक्रेटरी पो रहेछ । उसैले भन्दा पो म त छक्क परें । त्यही दिन कुरैकुरामा मैले उसलाई भनेको थिएँ - हेर भाइ, तिमीहरुको पार्टी जित्यो र सरकार बनायो भने सवभन्दा पहिले कान्तिपुर बन्द गर्ने प्रयास गर्नेछ । सकेसम्म बन्द नै गर्छ । जवाफमा उसले भनेको थियो - हैन दाई, हामीले जित्यौं भने कान्तिपुरलाई अर्को च्यानल थप्न हामी प्रोत्साहित गर्नेछौं बन्द गर्ने कुरै नगर्नुस् न । यो बारेमा हामी विच एकछिन रामै्रसँग वादविवाद नै भएको थियो । त्यो भाइलाई मैले आज भेटको छैन हिजोदेखि । त्यसलाई फोन नै गरेर भएपनि सुनाउनु पर्ला उसको महान नेताले कान्तिपुरको बारेमा गरेका कुरा । मानिसहरु अन्धो भएर माओवादीको पछि लागेका छन् तर किन - के माओवादी नेताले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने कोशिस गर्लान् र - मलाई त त्यस्तो लाग्दैन । हिजो पनि क्षण क्षणमा कुरा फेरेको फेर्‍यै गर्थे । आज पनि दोष जति सवै अरुलाई लगाएर आफू चोखो हुन खोजिरह्का छन् । पार्टी अध्यक्षले रसुवामा गएर ज्ञानेन्द्रको ज्वाईंलाई भेटेको प्रमाणित त्यही पार्टीको एउटा बरिष्ठ नेताले गर्छन् अर्को वरिष्ठले हुँदै होइन भेटेको भन्छन् ।

यिनीहरुको कुरा र ताल हेर्दा ४० वर्षमा सिंगापुर र स्वीट्जरल्याण्ड चाहिँ होइन ४ बर्षमा इथियोपिया र सोमालिया चाहिँ पक्कै बनाउनछन् ।

Comments