ऋणसँगै दशवटा रुख उपहार

 
तेह्रथुमको सुङनाम ८ लसुने बस्ने चिनमाया गुरुङले ऋण उठाउँदा धितो राख्न परेन् । समूह जमानीमा सजिलै ऋण पाइयो । पैसा बुझ्दा समूह सदस्यमाझ किरिया भने खान पर्यो । तर त्यो कसम ऋणसँगै पाएको उपहार सदुपयोग गर्छु भुन्नका लागि थियो ।
गुराँसको राजधानी भनिने तीनजुरे मिल्के जलजले क्षेत्रमा महिलालाई ऋणसँगै दश बोट चाँपका बेर्ना उपहार दिने चलन चलाइएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको त्यो क्षेत्रका दश गाविसमा दुइ बर्ष यता यस्तो चलन चलाइएको हो । 'मैले समूहबाट उठाएको आठ हजार रुपैयाँले खसी बाख्रा किने । उपहारमा पाएको चाँपका बोट करेसावारीमा लगाएको छु '-श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठ जस्तै संखुवासभा जिल्लाको तामाफोक ९ ओख्रेकी निर्मला गुरुङले समूहबाट लिएको पैसाले दुइवटा बंगुर किन्नु भयो । बंगुर हर्ुकाएर ब्रि्री गर्दा आएको पैसाले समूहको ऋण तिर्न पुग्यो । नाफा भएको पैसाले किनेको पाठा हर्ुकन लागेका छन् । 'पाठा लिदाँ उपहारमा पाएको चाँपका बिरुवाले करेसावारीमा हरियाली छ ', उहाँले भन्नुभयो 'केही समय पछि दाउराका लागिपनि समस्या हुदैंन ' ।
तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँसको बिनास हुन थालेपछि पर्यावरण जोगाउन, गुराँस संरक्षण गर्न र स्थानियवासी जीविकोपार्जनको खातिर बनमा निर्भर हुने क्रम घटाएर आत्मनिर्भर बनाउन यस्तो अभियान चलाइएको गुराँस संरक्षणकालागि कार्यरत विश्व संरक्षण संस्था -आइयुसिएन) धरानका प्रमुख राजेन्द्र खनालले बताउनु भयो । संस्थाले ऋणसँगै चाँप र गुराँसका बोट उपहार दिने चलन तेह्रथुमको सुङनाम, बशन्तपुर, सोल्मा, जिरीखिम्ती, आम्बुङ, मोराहाङ, ताप्लेजुङको चाँगे, साँगु र संखुवासभाको मादीमुलखर्क तथा तामाफोक गाविसमा रहेको जनाएको छ ।
आइयुसिएनले तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँसको बोटमा निर्भर रहने अवस्था कमगर्न स्थानिय राष्ट्रिय लाली गुराँस संरक्षण व्यवस्थापन समिती मार्फत महिला समूहका सदस्यलाई समूह जमानीकाआधारमा ऋण दिदैं आएको छ । ती गाविस विभिन्न प्रजातिका गुराँस लोपोन्मुख हुने संभावन रहेका क्षेत्र हुन् ।
समितीका संयोजक लक्ष्मण तिवारीले गाउँ गाउँमा गठित विभिन्न महिला र सामुदायिक बन समितीबाट हालसम्म एक सय १२ जनाले ऋण लिएर आयमुलक कार्यमा लागेको जानकारी दिनु भएको छ । धेरै जसो सामुदायिक बनका सदस्यले बंगुर,सुगुँर,खसीबाख्रा पालनका लागि आठ हजार रुपैयाँसम्म ऋण लिएका छन् । ओख्रेमा ३१ र सुङनाममा चालिस जनाले ऋण लिएर आत्म निर्भर बनेको सामाजिक परिचालिका सुनिता गुरुङले बताउनु भयो ।
संखुवासभाका उपल्लो गाविसमा भने ऋण सँगै महिलालाई गुराँसका विरुवा उपहार दिने गरिएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रका २३ गाविसका सामुदायिक वनहरु गुराँस विनास नियन्त्रण गर्न लागि परेको सामुदायिक वनको संजाल समितीका अध्यक्ष गणेश सेनेले बताउनु भयो ।


कुमार लुइँटेल

Comments