लक्ष्मी बैकका लुटेर पक्राउ


गत जेठ २२ गते दमकको मुख्य चौक स्थित लक्ष्मी बैँकबाट लुटिएको मध्ये ८ लाख रुपैयाँ सहित यसमा संलग्न ३ जनालाई प्रहरीले बुधबार र्सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका एसएसपी राजेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा मोरङ् जिल्लाको पथरी शनिश्चरे स्थित भूटानी शरणार्थी शिविर सेक्टर बी २ हट नम्बर १० बस्ने बर्ष२९ को धनबहादुर भन्ने हर्कसिंह र्राई, सोहि शिविरको सेक्टर इ १ हट नम्बर २५ मा बस्ने बर्ष२४ को जानु भन्ने धनविर गुरुङ्ग र सेक्टर ए ४ को हट नम्बर १९ मा बस्ने बर्ष२८ को मिलन भन्ने लक्षुमान गुरुङ्ग रहेका छन् । धनबहादुर र राजुलाई गत ७ गते बिहान ८ः४५ बजे बुद्ध पुणिर्मा मनाउन घर जाने क्रममा भडाको रातो मारुती भेन सहित शिविर अगाडीबाट पक्राउ गरीएको थियो । त्यस्तै लक्षुमनलाई भने सोहि दिन विहान ११ बजे मोरङ्ग कै कानेपोखरी बजारबाट पक्राउ गरीएको थियो ।
उनीहरुलाई जिल्ला स्थित प्रहरी कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरी र्सार्वजनिक गरेको हो । लुटीएको रकम मध्ये लक्षुमनको घर भित्रको बाकसमा लुकाइ राखेको ४ लाख ७१ हजार र धनविरको घर भित्र लुकाइ राखेको ३ लाख १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुको बयानको आधारमा घटनामा १२ जनाको संलग्नता रहेको खुलेको छ । जस मध्ये अधिकांश भूटानी शरणार्थीहरु रहेका छन् । फरार मध्ये घटनाको मुख्य योजनाकार भने नेपाली नागरीक नै भएको र शरणार्थीहरु भने सहायकको रुपमा रहेको समेत प्रहरीको अनुसन्धानमा देखीएको बताइएकोे छ । फारार अन्य अपराधीहरुको समेत खोजी कार्य त्रि्रताका साथ भइरहेको छ ।
सो घटनाको अनुसन्धानमा खटिएका डिएसपी दिवस लोहनीले दिएको जानकारी अनुसार बैँक लुट्ने अपराधीहरु मध्ये केहीले एक अर्कालाई समेत राम्रोसँग नचिन्ने बताएका छन् । घटनामा संलग्न व्यक्तिहरु बीए पास गरेका र कप्यूटर सम्बन्धि राम्रो ज्ञान भएकाहरु रहेका बुझिएको छ । बैँकमा रहेको कम्प्यूटरको सेन्टर कनेक्सन नेर्टवर्क समेत लुटेराहरुले नै लक गरेर हिडेका कारण त्यस पछिको घटना क्रम केन्द्रमा थाहा हुन नसकेको रहस्य खुलेको छ । उनीहरुले सो घटना घटाउनु पर्ुव विहान ९ बजे दमकको पश्चिम बसपार्क स्थित एक होटलमा नास्ता खाई छुट्टा छुट्टै टोली बनाइ बैकको निगरानी गरेका थिए । संलग्न १२ जना मध्ये ६ जना माथिल्लो तलामा रहेको बैँकमा गई लुटपाट गरेको र अन्य ६ जना भने सुरक्षा गस्तिको विषेश निगरानीका लागि बैक वरीपरी बसेको बताएका छन् । लुट्ने क्रममा उनीहरुले एक कटुवा पेस्तोल सहित छुरा समेत प्रयोग गरेको पाइएको छ । लुटेराहरुले तलबस्ने टोलीलाई १५ लाख, गाडी मोटरसाइकल चलाउनेलाई ५ लाख र बाँकी मुख्य नाइकेले माथि जानेहरुलाई बाँडेका थिए । नाइकेले उनीहरुलाई सोही दिन साँझ ७ः३० बजेको समयमा शरणार्थी शिविरको फुटबल ग्राउण्डमा बोलाई रुपैयाँ दिएको थियो । अभियुक्तहरुले बैँक लुटपाट पछि इटहरी, धरान, भेरेटार गइ रमाइलो गरी घुमफिर गरेको बताए । बैँकले भने ७९ लाख रुपैयाँ लुटपाट भएको जनाएको छ ।

Comments