सुपर म्यान होइन, अब रकेट म्यान


स्वीजरल्याण्डका एक व्यक्तिले आफैँले बनाएको एउटा रकेटबाट उडान भरेका छन् । यही कारणले उनको नाम हिजोआज रकेट म्यान भएको छ । उनको ढाडमा रहेको शक्तिशाली इञ्जिन र त्यसको पखेटाका कारण उनी उड्न सम्भव भएको पत्रकारलाई जानकारी गराएका छन् ।

पहिले फाइटर प्लेनका चालक रहिसकेका भेस रोसीले आफैँले निर्माण गरेको रकेटमा पाँच मिनेटसम्म हावामा उड्न सफल भएका थिए । उनी ८ हजार २ सय फिट माथि उडेको डेली टेल्रि्राफले जनाएको छ ।

उनले प्लेनबाट हाम्फालेका थिए र हावामा नै आफूलाई नियन्त्रित गरेर रकेटको इञ्जिन शुरु गरेका थिए । उनलाई पाँच मिनेटसम्म हावामा नै उडाइरहन उनको रकेटमा रहेका चार वटा जेट इञ्जिनले सहयोग गरेका थिए ।

उनको यो प्रयोग हेर्नका लागि निकै मान्छेहरु भेला भएका थिए । उनको यो रकेट १८६ माइल प्रतिघण्टाका दरले कुदेको थियो । उनले हावामा ३६० डिग्रीको कावा खाएका थिए ।

रकेटको काम सकिएपछि उनी प्यारासुटको सहयोगले तल ओर्लिएका थिए । उनी ४८ वर्षका छन् ।

"यात्रा निकै रोचक थियो", जमिनमा ओर्लिएपछि उनले भने ।

गएका चार वर्षेखि यसरी आकाशमा उड्ने सपना देखिरहेका उनको यो सपना बल्ल पूरा भएको छ ।

(इनसाबाट)

Comments