दानवीय बालक







एघार वर्षअघि जन्मिएका पृथ्वीराज पाटिललाई दानवको संज्ञा दिइएको थियो किनभने उनको शरीरभरि लामा-लामा रौं थिए । यहाँसम्म की उनको अनुहार पनि रौंले ढाकिएको थियो ।



 



छरछिमेकी तथा स्कुलका साथीभाईहरुले नजिस्क्याए पनि नौलो ठाउँका मानिसहरुले भने पृथ्वीलाई घुरेर हेर्ने र जिस्क्याउने गर्छन । पढाईमा तेज र क्रिकेटमा लगाव भएका यी किशोरलाई भने आफ्नो जीउ भरी पलाएको रौंसँग त्यति मतलब छैन् किनभने यी रौंहरुले उनलाई पढ्न र बलको पछि दगुर्न छेकेको छैन् ।





























डाक्टरहरुका अनुसार पृथ्वीलाई congenital hypertrichosis भन्ने रोग लागेको छ जुन रोग संसार भरीमा ५० जनालाई मात्र लागेको रेकर्ड छ । दश वर्षको उमेरदेखि यस रोगको उपचारमा लगिरहेका पृथ्वीको रोगको निदान भने अझै भएको छैन् । अत्याधुनिक लेजर प्रविधीले पनि उनको रोगको निदान गर्न सकेन ।



















पृथ्वीका बाबुआमाका अनुसार पृथ्वीको बानीव्यहोरा र स्वास्थयको अरु बालकहरुको जस्तै सामान्य छ । अरु मानिसहरुले पृथ्वीलाई हेरेर जिस्क्याएको उनीहरुलाई पटक्कै मनपर्दैन । त्यसले उनीहरु आफ्नो छोराको रोग चाँडै निको होश भन्ने चाहन्छन् ।







Comments