पुनः अर्को सशस्त्र समूहको जन्म

सिन्धुलीको मरिण क्षेत्रबाट जातीय स्वायत्तता, अत्मनिर्णयको अधिकार र छुट्टै राज्यको निम्ति भन्दै एउटा सशस्त्र समूहले भूमिगत गतिविधि संचालन गर्न थालेको छ।
प्राप्त समाचारमा प्रत्यक्षदर्शी स्थानीयबासीले बताए अनुसार ज्ञानेश्वर गाविस क्षेत्रलाई सो समूहले सेल्टर बनाएको छ। करिब असी सदस्य रहेको भनिएको सो समूहले ताम्सालिङ राज्यको परिकल्पनासहित सशस्त्र संघर्षमा उत्रिएको बताएको छ।
भर्खरै निस्किएको उक्त समूहसँग अत्याधुनिक हतियार एलएमजी, नलकटुवा, ग्रीनेटल गायतका हतियार रहेको पनि समाचार स्रोतले जानकारी दिएको छ ।

Comments