एकसातामै ३ गैंडा मारिए


वर्दिया राष्ट्रिय निकुञ्जमा दुईसातामा ३ वटा गैडा मारिएका छन । डढेलो र चोरी सिकारीका कारण बिश्वमै दुर्लभ मानिने गैडा असुरक्षित बन्दै गएका छन्
पछिल्लोपटक निकुञ्जमा हिंजो एउटा भाले गैडा मृत अवस्थामा फेला परेको छ । सिकारीले गैडा मारेर खाग र पुच्छर लिएर गएका छन् ।
निकुञ्जदेखि पश्चिम कर्णाली नदिको किनारमा मृत अवस्थामा गैडा फेला परेको सुरक्षार्थ खटिएको रणशेर गणले जनाएको छ । गणका अनुसार खाग र पुच्छर निकालीएको अवस्थामा मृत गैडा नदि किनारमा फेला परेको हो ।
शान्ति प्रकृया पछि निकुञ्ज सुरक्षामा खटिएका रणशेर गणका सुरक्षाकर्मीलाई हतियार सहित निकुञ्ज गस्तिमा रोक लगाइए पछि निकुञ्जका जनावर असुरक्षित बन्दै गएका छन् । सिकारीहरुले अत्याधुनिक हतियार प्रयोग गरेर जनावर मार्न थालेका छन् । सिकारी हतियार सहित र निकुञ्जका कर्मचारी हतियार विहिन गस्ति गर्दा कर्मचारीको ज्यान समेत जोखिममा परेको छ । निकुञ्जका कर्मचारीहरुले आफुहरु समेत असुरक्षित बनेको बताएका छन् ।
गस्तिमा निस्कने निकुञ्जका कर्मचारीलाई सिकारीले आक्रमण समेत गर्ने र हतियार विहिन कर्मचारीको ज्यानै जोखिममा पर्ने गरेको कर्मचारीले बताएका छन् ।

Comments