स्वर्ग नपुगी चिठ्ठी फर्कियो

फ्रान्सकी एक टिनएजर केटीले आफ्नी मृत आमालाई लेखेको चिठ्ठी स्वर्ग नपुगी फर्किएको छ । हुलाक अधिकारीहरुले त्यो चिठ्ठीमा आमा बस्ने ठाउँको "पोष्टल कोड" नलेखिएको भन्दै त्यो चिठ्ठी तिनै टिनएजरलाई फिर्ता गरिदिएको हो ।
१३ वर्षीया यिनको नाम एनाइज मात्र बताइएको छ । उनले आमालाई लेखेको पत्रमा "स्वर्गीय मार्ग, स्वर्ग" उल्लेख गरिएको थियो । हुलाक अधिकारीहरुले उक्त पत्रमा उनको आमा बस्ने घरको स्पष्ट ठेगाना नभएको र पोष्टल कोड पनि नरहेको भन्दै फिर्ता गरिदिएको थियो ।
ले जर्नल डि साउने एट लोर पत्रिकाका अनुसार चिठ्ठी पठाएको दुइ दिनपछि यिनलेले पत्र फिर्ता पाएकी थिइन् । फ्रान्सको चेटिलोनसस्थित घर भएकी यी टिन एजरसँग चिठ्ठी फिर्ता गर्दै र हुलाक टिकट नकाटेकोभन्दै उनलाई १.३५ यूरो तिर्न आग्रह गरेको थियो ।
दुइ वर्षअघि उनकी आमाको मृत्यु भएको थियो । उनकी आमा कतै टाढा गएकी हुनसक्ने उनले अनुमान गरेर चिठ्ठी पठाएको र उनी अहिलेसम्म चिठ्ठी पठाउने कुरामा नै बढी ढिठ रहेकी छिमेकीहरुले बताएका छन् ।
यता फ्रान्सेली हुलाक कार्यालयले उनको चिठ्ठी आफूहरुले पठाउन नसक्ने भन्दै ती बालिकासँग क्षमायाचना गरेको छ । हुलाक प्रवक्ताले भनेका छन्- "फ्रान्समा एउटा गाउँको नाम "सिल" त छ तर त्यहाँ कुनै स्वर्गीय मार्ग भएको मलाई चाहिँ अहिलेसम्म थाहा भएन ।"
फ्रान्सेली भाषामा सिलको अर्थ स्वर्ग भन्ने हुन्छ ।

Comments