तपाइँलाई दुइ साता पुरानो खबर सुनाउँछु । त्यो खबर चाहिँ के भने नौ वर्षीय ज्याक रसेल भनिने कुकुर न्यूजिल्याण्डमा पाँच बच्चाहरुलाई अरु दुइ वटा ठूला खाले 'बुल डग'बाट जोगायो । खबर अनुसार ज्याकले पाँच जना साना बालबालिकाहरु सडकमा हिँड्दै गर्दा टोक्न भनी दुइ वटा ठूला कुकुर झम्टिए । तर ज्याकले उल्टै ती कुकुरमाथि आक्रमण गर्यो र तिनलाई घाइते वा मारिने सम्भावनाबाट जोगायो । ती कुकुरहरु ज्याकभन्दा निकै ठूला मात्र थिएनन्, विषालु पनि थिए । कतिसम्म भने बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो । ती दुइ ठूला बुल डगलाई खेदाएपछि ज्याक अशक्त भएर भुइँमा ढल्न पुगेको थियो । त्यसपछि आफूलाई जोगाउने कुकुरलाई लिएर बालबालिकाहरु तत्काल अस्पताल पुगे । जहाँ, डाक्टरहरुले उसलाई मृत घोषित गर्नु पर्यो । यो कुकुरको बहादुरी न्यूजिल्याण्डको नर्थ आइल्याण्डस्थित जनताले त मानेका थिए नै, यो खबर संसारभर पुगेपछि यसमा थप रोचकता थपिएको छ । यो कुकुरको बहादुरीबाट प्रभावित एक व्यक्तिले कुकुरको मरणोपरान्त सम्मान गर्ने उद्देश्यले साहसिक मेडल पुरस्कार दिएका छन् । पर्पल हर्ट नामक यो मेडल (तक्मा) सोसाइटी फर द प्रिभेन्सन अफ क्रुअल्टी टु एनिमल्स नामक संस्थाले दिएको छ । यो तक्मा चाहिँ कुकुरका धनीलाई प्रदान गरिएको हो ।
यो तक्मा (एपीसीए मेडल) सामान्यतया जनावरसँग लड्ने त्यस्ता व्यक्तिहरुलाई प्रदान गरिन्छ, जसले ज्यादै संकटका बेलामा जनावरहरुसँग लडेर आफ्नो ज्यान जोगाउँछ । तर यस पटक यो कुकुरको बहादुरीबाट आफू ज्यादै प्रभावित भएकाले यो अवार्ड कुकुरलाई प्रदान गरिएको एसपीसीएका मुख्य कार्यकारी रोबिन किपेनबर्गरले बताए । "जर्ज सानो आकारको भएर पनि आफूभन्दा दोब्बर ठूला कुकुरहरुसँग टक्कर लिएर तिनलाई घाइते बनाएर मान्छेको ज्यान जोगायो । यो सानोतिनो उदारता र सानोतिनो साहसको कुरा होइन", उनले एपीसँग भने- "तर सँगसँगै हामीलाई दुःख पनि लागेको छ, मान्छेको ज्यान जोगाउँदा उसले आफ्नै ज्यान चाहिँ गुमाउनु पुग्यो ।"

Comments
Post a Comment