पालो अव त्रि‌. वि. को

हाम्रो देशमा सवै कुरा किन यति साह्रो अस्तव्यस्त हो कुन्नी । उ‌च्च माद्यमिक शिक्षा परिषद्ले परीक्षाको नतिजा प्रकाशनमा लापरवाही गरेको कुरा अस्तीको व्लगमा लेखेको थिएँ । अहिले फेरी त्रिभुवन विश्वविद्यालयले त्यसै गर्दैछ वा .... । नतिजा प्रकाशन भएको दुई महिना वितिसक्दा पनि कुनै पनि तहको नतिजा आफ्नो साइटमा राखेको छैन । किन यस्तो हेल्चेक्र्याइ हो । हैन यी विद्यार्थीहरु पनि के हेरेर बस्छन् कुन्नी । यस्तो कुरामा त विश्वविद्यालयलाई दवाव दिनु पर्ने हैन र। नचाहिने कुरामा चाहिँ अनावश्यक आन्दोलन गर्दै हिँड्ने अनि यस्तो अति आवश्यक कुरामा चाहिँ चुप लागेर बस्ने ?

Comments