दमक नगरपालिका क्षेत्रभित्रका केही महत्वपूर्ण स्थलहरु (भाग – १)

१‌. इन्द्रेणी ताल :
दमक न‌.पा‌, वडा नं‌ १९ मा अवस्थित यो ताल करीव १० विघा क्षेत्रफलमा फैलिएको छ । यो ताल अवलोकन गर्न दिनहुँ सरदर ४०-५० जना मानिसहरु झापा र मोरङ्ग जिल्लाबाट आउने गर्छन् । तर भ्यालेन्टाइन डे, नयाँ वर्ष र पिकनिक जस्ता अवसरमा सरदरभन्दा निकै नै बढी मानिसहरु यहाँ आउने कुरा स्थानिय वासिन्दाहरुबाट थाहा भयो ।





यो तालको मुख्य विशेषता भनेको बोटिङ्ग नै हो । बोटिङ्गको लागि यहाँ एउटा काठको डुङ्गा राखिएको छ, जुन कोशी व्यारेजबाट ल्याइएको रहेछ ।
मुख्य प्राकृतिक ताल वरिपरि अरु स-साना पोखरीहरु पनि बनाइएका छन् जसको मुख्य उद्देश्य चाहिँ माछापालन रहेको छ । यी पोखरीहरुमा पहिले माछाका भुरा ल्याएर हुर्काउने र अलिक ठूला भएपछि ठूलो प्राकृतिक तालमा छोड्ने गरिएको रहेछ ।



सामुदायिक सम्पत्तिको रुपमा रहेको तालको अझै राम्रो व्यवस्थापन र प्रचार प्रसार गर्न सके उक्त क्षेत्रको आर्थिक तथा सामाजिक उन्नति हुने थियो । अझ एकपटक मात्र भए पनि मेलाको आयोजना गरे झन राम्रो हुने थियो ।

Comments