माओवादीको असली रुप

मैले व्लगमा अहिलेसम्म राजनीतिको कुरा लेखेको थिइनँ तर हिजो प्रचण्डले राजावादीहरुसँग पनि एकता गर्नु पर्छ भनेपछि चाहिँ मलाई केही लेख्न मन लाग्यो । भूमिगत जीवनबाट बाहिर नआउन्जेलसम्म भन्न त प्राय: सवैले प्रचण्ड भनेकै ज्ञानेन्द्र हो भन्थे । कसैलाई पनि प्रचण्ड भन्ने मान्छे छ जस्तो लागेको थिएन तर प्रचण्ड खुला भएपछि चाहिँ सवैको भ्रम हटेको थियो । पहिले पहिले त उनिहरु साच्चै कै गणतन्त्रवादी हुन् जस्तो लाग्थ्यो तर मंसीर ६ गते हुने भनिएको र सम्पूर्ण तयारी पूरा भइसकेको संविधानसभाको चुनाव हुन नदिएपछि र अहिले राजावादीहरुसँग पनि सहकार्य गर्नुपर्छ भन्ने जस्ता स्पष्ट रुपमा गणतन्त्र विरोधी कुरा गरिसकेपछि उनिहरुको हैसियत पनि स्पष्ट भइसकेको छ । अरु पार्टीहरुमा त कसैले पार्टी नीति विपरित वोल्यो भने यो उहाँको व्यक्तिगत विचार हो पार्टीसँग यो विषयमा कुनै लेनदेन छैन भनेर भन्ने गरेको पाइन्छ तर माओवादीमा त प्रचण्डको वोली त देववाणी जस्तो रहेछ । उनले जे बोले पनि सवैले त्यसको समर्थन नै गर्नु पर्ने । हुन पनि हो नै आखिर प्रचण्ड त माओवादी नेता र कार्यकर्ताका लागि भगवान नै हुन् नि । जसरी जुनसुकै धर्मका अतिवादीहरुले उनीहरुको आराध्यदेवको आलोचना गर्दैनन् सँहदैनन् चाहे त्यो जति नै आलोच्य होस्, त्यसरी नै माओवादीहरु आफ्नो आराध्यदेव प्रचण्डको आलोचना सँहदैनन् गर्दैनन् । भोलि यदि प्रचण्डले प्रधानमन्त्रीको अफर आयो भने अव ज्ञानेन्द्रलाई पूर्ण सक्रियताका साथ राज्य सञ्चालन गर्न दिनुपर्छ, संविधानसभाको चुनाव गर्नु पर्दैन भने पनि उनका कार्यकर्ताले थप्पडी बजाउनेछन् । किनभने माओवादीकै अर्का नेता (नाम विर्सें सायद जनार्दन होला) ले अस्ती भर्खरै पोखरामा भनेका थिए हाम्रो अर्थात माओवादीको अन्तिम लक्ष्य भनेको सत्ता हो । त्यसैले सत्ताप्राप्तिको लागि यिनीहरुले जे पनि गर्न सक्छन् । माओवादीको असली रुप वादशाहको नयाँ लुगाको रुप झैं सारा संसारको सामू उदांगो भइसकेको छ ।
माओवादी मित्रहरु, जो साँच्ची नै पढेर, बुझेर अध्ययन गरेर सच्चा कम्युनिष्ट हुनु भएको छ, तपाईंहरुले एकपल्ट राम्रोसँग सोच्ने वेला आइसकेको छ । तपाईंले भगवान ठान्नु भएको तपाईंको नेताले बोलेका कुराको राम्रोसँग विश्लेषण गर्नु होला । र, तपाईंले (र अरु पनि जो माओवादीका नाममा समर्पित थिए र छन्) ‌अहिलेसम्म माओवादी पार्टीमा लागेर देश र जनताको लागि गरेको ठान्नु भएको त्याग, वलिदान के का लागि रहेछ भन्ने कुरा आफ्नै मनसँग सोध्नु होला । सायद जवाफ पाउनु हुन्छ कि ।

Comments

  1. Well friend . your page is very good . hhmm lot's of info just like Kantipur news .
    keep up the work

    ReplyDelete

Post a Comment