नयाँ बर्षको शुभकामना ।

पुरानोलाई कुरालाई नयाँले विस्थापित गर्छ । यो विश्वव्यापि शास्वत सत्य हो । पुराना मान्यताहरु भत्किने र नयाँ मान्यताहरुले त्यसको ठाउँ लिने, पुरानो किर्तिमानलाई नयाँले किनारा लगाउने त्यस्तै त्यस्तै पुरानो साल गएर नयाँ साल आउनु कुनै नौलो कुरा होइन । तदअनुरुप २००७ साल आजदेखि पुरानो भइसकेको छ । त्यसको ठाउँमा आएको छ नयाँ २००८ साल । यो नयाँ वर्षले देशमा शान्ति, समृद्धि ल्याओस् साथै नेपालका पुराना र पुरातनवादी नेताहरुमा नयाँ चेतना ल्याओस् र नेपाललाई वास्तविक अर्थमा नयाँ युगमा प्रवेश गराउन मद्दत पुर्‍याओस् । सवैमा नयाँ बर्ष सन् २००८ को हार्दिक शुभकामना ।

Comments