एउटा काम लाग्ने साइट

अस्तिको दिन एकजना दाइले भन्नुभयो "भाई मेरो एउटा फाइल पठाउनु छ २४ एम‌.वि. जति छ । कुनै उपाय छैन ?" याहु, हटमेल, जीमेल जस्ता कुनै पनि इमेलबाट २० मेगावाइटभन्दा ठूलो साइजको फाइल पठाउन सकिदैन । मैले पनि अहिलेसम्म त्यति ठूलो साइजको फाइल कतै पठाएको थिइन, पठाउने काम नै पनि परेको थिएन । अव दाइले भनि हाले उपाय केही लाग्छ कि भनेर गुगलमा सर्च गरें २० एम.वि. भन्दा बढी कसरी पठाउने भनेर । नभन्दै भेटिइ पनि हाल्यो । एउटा यस्तो साइट रहेछ त्यसवाट ३०० एम‌‌. वि. सम्मका फाइल पनि सजिलै पठाउन मिल्ने रहेछ । त्यो साइटति दाइले १५ मिनटमा २४ एम‌.वि‌. जति पठाएँ भाइ भन्थे । मलाई त अचम्म लाग्यो । यहाँको यस्तो स्लो कनेक्सनमा पनि त्यति छिटो त्यत्रो फाइल कसरी अपलोड भयो होला ।
जे होस् त्यो साइटले चाहिँ गज्जव कै काम गर्दो रहेछ । तपाई पनि २० एम.वि. भन्दा बढी साइजको फाइल कसैलाई पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नु होला ।

Comments

  1. Daju thanx a lot, it is very useful for us. many times we had to break up the big files to attach in mail. You gave wonderful solution.

    ReplyDelete

Post a Comment