अर्जुनलाई गोली हान्ने पक्राउ

गत विहिवार शरणार्थी युवा व्यक्तित्व अर्जुन सुव्वामाथि गोली प्रहार भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले हिजो शनिवार साँझ सुवास आचार्य र वीर बहादुर सुव्वा नाम गरेका दुई जना भुटानी शरणार्थीलाई गिरफ्तार गरेको थाहा भएको छ । स्मरणीय रहोस् सुवास पूर्व क्याम्प सचिव समेत रहिसकेका व्यक्ति हुन् । उनीहरुको सम्वन्धमा आवश्यक छानविन भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जानकारी दिएको छ ।

Comments