शरणार्थीलाई गोली

गोलीबाट घाइते अर्जुन सुव्वा (फोटो - कुमार)


मुक्ति गुरुङ्ग (Student Union of Bhutan का उपाध्यक्ष) ले हिजो दिउँसो २.३० तिर फोन गरेर मलाई भने, "अर्जुन सुव्वालाई क्रान्तिकारीहरुले गोली हाने तर अहिले खतरामुक्त छ । वाहिर भएका साथीहरुलाई यो खवर दिनुस् न दाई ।" सोधीखोजी गरें खासै डराउनु पर्ने रहेनछ । पेटमा र हातमा १-१ गोली लागेको रहेछ ।

अर्जुन र अरु ४-५ जनालाई अस्ती नै देखि धम्की दिइरहेको कुरा त मलाई पनि थाहा थियो । सफाया गर्ने सम्म लेखिएको पर्चा अर्जुनले नै मलाई देखाएका थिए । तर मलाई चाहिँ यो उनिहरुले तर्साउन मात्र खोजेका होलान् । यस्तो गोली नै हान्ने काम त गर्लान् जस्तो लागेको थिएन । तर शरणार्थी क्याम्प पनि अव त धेरै अगाडि पो पुगिसकेछ । त्यसरी हाकाहाकी दिउँसै गोली हान्ने आँट गर्न थालिसकेछन् त्यो पनि क्याम्प बाहिर आएर । माओवादीको गोलीबाट वल्लवल्ल मुक्ति पाएको अवस्थामा फेरि यो शरणार्थीको गोलीले क-कसलाई सिध्याउने हो अव ।

भुटानी शरणार्थी क्याम्पभित्र स्पष्ट रुपमा देखिएका दुई धार (तेश्रो मुलुकमा वसोवास गर्न चाहने र सशस्त्र आन्दोलन गरेरै भए पनि भूटान नै फर्कन चाहने तर कुनै हालतमा तेश्रो मुलुक नजाने जान नदिने) विचको संघर्षले कति निर्दोषले ज्यान गुमाउने हुन् कतिले अनाहकमा दु:ख पाउने हुन् ।

Comments