नेपाल सरकारको आधिकारिक साइट ह्याक

नेपाल सरकारको आधिकारिक साइट www.nepalgov.gov.np ह्याक भएको रहेछ । यो कस्तो अचम्म हो देशको महत्वपूर्ण सरकारी साइट नै ह्याक हुने गरी कस्तो सुरक्षा अपनाएर बनाएको हो कुन्नी । जताततै लथालिङ्ग जताततै भताभुङ्ग के भएको होला हाम्रो देशमा ।

Iran Black Hats Team भन्नेले त्यो साइट ह्याक गरेको रहेछ । सायद इरानकै होला नामलाई आधार मान्दा । ती इरानीहरुलाई चाहिँ किन नेपाल सरकारको वेवसाइट ह्याक गर्नु परेको होला । पैसाकै लागि हो कि ? हैन भने तिनीहरुलाई अरु त के सरोकार होला र नेपाल सरकारको साइट ह्याक गर्न ।

अव सरकारले के गर्छ होला ? त्यो टिमलाई पैसा तिरेर त्यही साइट recover गर्छ कि अर्को बनाउँछ हेर्नु पर्ने भयो ।

Comments

  1. कञ्चन लिम्बूDecember 10, 2007 at 7:39 PM

    व्यवसायिक रूपमा चलाइएको मर्कन्टायल र वल्डर्लिङकको वेवसाइटहरू ह्याक हुनु त स्वाभाविकै हो । उनीहरूले सुरक्षित छ भनेर जतिसुकै ठोकुवा गरे पनि उनीहरू मूर्खजस्तै कुरा गर्छन् । ह्याक गर्नु भनेको जहिले अपराधमात्रै हैन । वाइएसजीनेट समुहका केही व्यक्तिहरू ह्याक गरेको अारोपमा खोरमा पस्दा पनि उनीहरू अाफूले सावधान गराउन मात्र ह्याक गरेको बताइरहेका थिए ।
    अव नेपाल सरकारकै अाधिकारीक वेवसाइट पनि ह्याक हुन्छ भने त साह्रै दुखको कुरा हो । त्यो पनि विदेशीको हातवाट हो भने चै लाजै मर्दो भयो ।

    ReplyDelete

Post a Comment