उच्च माद्यमिक शिक्षा परिषद्को लापरवाही

यसपाली कक्षा ११ को नतिजा प्रकाशन गर्ने क्रममा उच्च माद्यमिक शिक्षा परिषद्ले लापरवाहीको पराकाष्टा नै पार गरेको छ । उसको आफ्नै नेपाल टेलिकमको साइटमा मार्कसिट नै हेर्न मिल्ने गरी बनाइएको पेजमा गएर सिम्वोल नम्वर र उसले तोकेको फर्मेटमा जन्ममिति हालेपछि मार्कसिट देखिनु पर्ने हो तर प्रवेश पत्रमा भएको जन्ममिति हाले पनि मार्कसिट देखाउँदैन । जन्ममिति या सिम्वोल नं‌. मिलेन भन्छ । आधाभन्दा बढी विद्यार्थीको जन्ममिति नमिलेको भेटिएको छ । त्यस्तै कतिपयको नाम नै फरक परेको छ । यस्तो लापरवाही कसले र किन गरेको हो यस बारेमा उच्च माद्यमिक शिक्षा परिषदले अनुसन्धान गरी दोषीलाई कारवाही गर्नु पर्छ ।

Comments