फेरी लोडसेडिङ्ग

ब्राजिल पछिको दोश्रो ठुलो देश हो नेपाल, जलश्रोतमा । तर यो देशमा न हिउँद, न वर्षा, बाह्रै महिना लोडसेडिङ्ग हुन्छ । अस्तीसम्म त हप्ताको एक दिन २-३ घण्टा हुन्थ्यो अव त हप्ताको ५ दिनमा जम्मा १३ घण्टा रे । त्यो पनि केहि दिनलाई मात्र । पुष लाग्दा नलाग्दै यो समय २० घण्टाबाट उकालो लाग्न सक्छ । फागुन चैततिर त दिनको १२ घण्टासम्म लोडसेडिङ्ग हुने हल्ला छ । हेर्दै जाउँ के के हुने हो । नेपाली जनताले कहिले सम्म वेहोर्नु पर्ने हो ।


विजुलीको तार जताततै छ, तर तारमा करेण्ट छैन । मोवाइल फोन हात हातमा छ, तर नेटवर्क छैन । स्वास्थ केन्द्रहरु गाउँ गाउँमा छन् तर औषधी र स्वास्थ्यकर्मी ‍‌‌छैनन् । के छैन नेपालमा, सवथोक छ तर केही पनि छैन । कस्तो अचम्म । कहिलेसम्म हो यस्तो स्थिति ? कि सि‌‌‌ङ्गापुरका पूर्व प्रधानमन्त्री Lee Kuan Yew जस्तो कोही नेता नै जन्मनु पर्ने हो ? वरु ३२ को सट्टा ४०-५० वर्ष नै शासन गरोस् तर देश चाहिँ बनाओस् । यि अहिलेका नेताहरुले चाहिँ देश बनाउने छाँट मैले चाहिँ देखिन, कुनै पनि पार्टीमा ।

सि‌‌‌ङ्गापुरका पूर्व प्रधानमन्त्री Lee Kuan Yew जसले ३२ वर्षसम्म देशको प्रधानमन्त्री भएर देशलाई उन्नतीको शिखरमा पुर्‍याएका थिए ।

Comments