तिहारको रमझम र विद्युतको हालत

त्यसै पनि हाम्रो देशमा विजुली बत्तीको भर छैन । सेकेण्ड सेकेण्डमा लाइन गएर हैरान भइरहेको अवस्थामा यो तिहार पनि किन आउँछ भने जस्तो भइदिन्छ हामी विद्युतमा भर परेर व्यवसाय गर्नेहरुका लागि ।

लक्ष्मी पूजाको दिन दिपावली गर्नाले घरमा लक्ष्मीले वास गर्छिन् भन्ने अन्धविश्वासले गर्दा शहर बजारका प्रत्येक जसो घरहरु रंगीचंगी विजुली वत्तीले झिलिमिलि पारिएका छन् । तर अनावश्यक रुपमा त्यसरी विजुलीको खपत बढाइदिनाले विद्युत प्राधिकरणका लाखौं मुल्य पर्ने उपकरण र विग्रिने र सर्वसाधारणका विद्युतिय सामग्री पनि काम नलाग्ने भइरहेका छन् । साँझको समयमा कहिले हाइ र कहिले लो भोल्टेज अनि झ्याप्प झ्याप्प लाइन जाने आउने गर्नाले हामी व्यवसायीका पनि कम्प्युटर र अन्य उपकरणहरु विग्रेर हैरानी व्यहोर्नु परिरहेको छ ।

अनावश्यक रुपमा विद्युत खपत गरिदिनाले राष्ट्र, समाज र व्यक्तिलाई निम्नानुसारको असर परिरहेको छ :

  • ती रंगीचंगी वत्तीहरु नेपालमा उत्पादन नहुने भएकोले विदेशबाट आयात गर्दा वर्षेनी अरबौं रुपैया विदेसिन्छ ।
  • लाइन धेरै गइराख्ने हुनाले वेलुकी र राती चोरी डकैती र अन्य आपराधिक गतिविधि अत्याधिक मात्रामा बढ्छ ।
  • लक्ष्मी आउने आशामा भएको लक्ष्मी (रुपैया, पैसा) गइरहेको छ, ती वत्ती किन्ने र विजुलीको विलमा ।

यि मात्र नभएर अरु पनि नकारात्मक असरहरु परिरहेका छन् भने यस्तो कामलाई सकेसम्म रोक्न नसके न्यूनीकरण चाहीँ सवैले गर्नै पर्ने होइन र !!!!!

Comments

  1. ho hami nepali ko ghaita ma gham lagos, tara lagne po kasari ho

    ReplyDelete

Post a Comment