डि.भि.

अहिले अमेरिका जान चाहनेहरूका लागि डि.भि. फर्म खुलेको छ । यो चिठ्ठामा सहभागी हुन संसार भरका करिव २० वटा देश बाहेक सवै देशहरुबाट बर्षेनी करोडौं मानिसहरुले इन्टरनेटबाट फर्म भर्ने गर्छन् । विगतका वर्षहरुको अनुमानित तथ्यांकलाई हेर्ने हो भने नेपालमा प्रति वर्ष करीव २ लाख मानिसले डि‌.भि. भर्ने गर्छन् ।

आजभन्दा ३ वर्ष अगाडिसम्म हातले लेखेर वा कम्प्युटरबाट प्रिन्ट गरेर हुलाकमार्फत पठाउनु पर्थ्यो । सुचना प्रविधिको विकासले गर्दा अहिले अमेरिका जान चाहनेहरुको लागि अनलाइन डि‌.भि. फर्म एकदमै सजिलो भएको छ ।

हुन त १८ वर्ष मुनिका र कमसे कम १२ कक्षा पास नगरेकाले डि‌.भि. नभर्नु भनेर अमेरिकी दुतावास र सम्वन्धित निकायले बारम्वार सूचना प्रवाहित गरिरहेका छन् तर पनि १४ - १५ वर्षका केटाकेटी र आठ कक्षा पनि पास नगरेकाहरु पनि डि‌.भि. भर्न खोजिरहेका देखिन्छन् ।

संसारको स्वर्गै जस्तो ठानेर अमेरिका भनेपछि मानिसहरु भुतुक्क हुन्छन् । तर त्यहाँ पुगेर वाउन्न घुस्सा त्रिपन्न ठक्कर खानेहरुको कमी नभएको पनि विभिन्न माध्यमबाट हामीहरुले सुनि नै रहेका छौं । यहाँ आफ्नो ठाउँमा, आफ्नो देशमा नै कुन‍ै उद्योगधन्दा, व्यवसाय गर्न राम्रै लगानी गर्न सक्ने हैसियत भएकाहरु पनि अमेरिका गएर होटलमा भाँडा माझ्न या पेट्रोल पम्पमा तेल हुन तयार हुन्छन् । मेरो एउटा साथी छ, यहाँ उसको कारोबार राम्रै जमेको छ करोडौंको सम्पति छ तर उ यहाँको सवै सम्पती बेचेर भए पनि अमेरिका जान चाहन्छ । मलाई भन्दै थियो, सवै बेचेर उतै गएर पेट्रोल पम्प खोल्छु । उ जस्तै अरुहरुले पनि गर्न थाले भने यो देश कहाँ पुग्ला ? मलाई त यही चिन्ताले पो सताइरहेछ ।

Comments

  1. कुरा ........ तिता, मिठा, पिराNovember 15, 2007 at 4:24 AM

    उसले सुनेको रहेछ $25000 भयो भने त्यहाँ gas station खोल्न सकिन्छ । त्यति मात्र हैन त्यो भन्दा केही गुणा बढी उसँग छ रे ।

    ReplyDelete

Post a Comment