शुभकामना युवराजलाई

अहिले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको नेपाली तारा २ लगभग अन्तिम चरणमा पुगेको छ । हिजो (म‌ङ्सीर ७) सम्ममा चार जना मात्र प्रतिस्पर्धी बाँकी रहेका छन् । अहिलेसम्म निकै राम्रो गाइरहेका युवराज तिवारी हिजोको कार्यक्रमबाट बाहिरिए । सायद प्रतिस्पर्धीहरु मध्ये सवभन्दा कम उमेरका युवराजको गाउने शैली र स्टेज परफरमेन्सबाट दर्शक र निर्णायक मण्डलीका सदस्यहरु पनि प्रभावित थिए । तर भोट कम आएको कारण उनले नेपाली तारा हुने मौका गुमाए ।


मलाई के लाग्छ भने एस एम एस भोटिङ्गको जुन प्रक्रिया छ त्यो एकदमै अनुचित छ । जसरी साधारण मतदानमा एक जनाले एकपल्ट भन्दा बढि मतदान गर्न पाउँदैन त्यसरी नै यो नेपाली तारा छान्ने काममा पनि एउटा मोवाइल नम्वरबाट एक हप्ताको लागि एक पटक मात्र भोट हाल्न पाउने व्यवस्था गर्नुपर्थ्यो । तर यहाँ त त्यसको ठीक विपरित जसले सवभन्दा बढी भोट हाल्छ उसलाई मोवाइल सेट र सीम उपहार दिने पो गरिन्छ ।

प्रतिस्पर्धाबाट बाहिरिए पनि हिजो युवराजले एकदमै राम्रो गाएका थिए । आफूसँगै अरुलाई पनि रुवाउने गरी गाएको त्यो लोकप्रिय गीत जति मार्मिक छ, त्यो भन्दा बढी त्यो क्षण थियो जव उसलाई प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरियो ।

जे होस् युवराज तिमी हिम्मत नहार, ‌‌‌औपचारिक रुपमा तिमी नेपाली तारा हुन नसके पनि कोशिस जारी राख तिमी एक दिन अवश्य नेपालको साँगितिक आकाशमा चम्किलो तारा भएर उदाउने छौ । मेरो शुभकामना तिमीलाई ।

Comments