दुखद् तिहार

मैले केही दिन अघि पटाका र झिलिमिलि बत्तीले तिहारमा के कस्ता विकृतिहरु ल्याउन सक्छन् भनेर एउटा व्लग लेखेको थिएँ । आगलागी र अंगभंग हुने सम्भावनाको बारेमा कुरा गरेको थिएँ । साँच्चै नै मेरो अनुमान सहि निस्कियो । यही दमकमा मात्रै मैले ३ वटा त्यस्ता घटना भएको थाहा पाएँ । एउटा झिलिमिलि वत्तीको सर्किट सर्ट भएर आगलागी भएको, एउटा पटकाले घाइते भएको र अर्को चाहिँ पटाकाले आगलागी गराएको । यति भइसक्दा पनि मान्छेले चेत्ने होइनन् । तिहार सकिएको एक हप्ता वित्न लागि सक्यो, अझै पनि कतैबाट पटाकाको आवाज आइ नै रहेको छ । त्यस्तै झिलिमिलि बत्ती पनि कतै कतै देखिइ नै रहेका छन् । रमाइलोसँग मनाउनु पर्ने चाडपर्वमा त्यस्तो दुखद घटना भएपछि ती परिवारमा कस्तो भयो होला ।

Comments