पटाकामा पड्किएको पैसा

हिजो लक्ष्मी पूजा, जताततै झिलिमिलि वत्ती र पटाकाको ड्याम ड्याम आवाज । एक किसिमले आनन्दमय वातावरण नै थियो । तर यसो सोच्दा मानिसहरुले यसरी अनाहकमा किन पैसा वर्वाद गरिरहेका छन् जस्तो लाग्ने । यसरी अनावश्यक रुपमा रातभर रातभर पटाका पट्काउँदा पैसा त गयो गयो, अर्कोतिर आगलागी र अंगभंग हुने जस्ता जोखिम पनि त्यत्तिकै छ । त्यस्तै विदेशबाट आयात हुने यी विस्फोटक पटाकाहरुमा राज्यको कति पैसा बाहिरिन्छ त्यो सोच्नु पनि त्यत्तिकै जरुरी छ । हिजो वेलुकीपख लगभग २ घण्टाभित्र मेरो घरको वरिपरि मात्र २-३००० पटाका पड्किए होला । एकै सेकेण्ड पनि नबिसाइ लगातार रुपमा सानो ठूलो आवाजमा पटाकाहरु पड्किरहे दिक्क लाग्ने गरी । लाग्थ्यो म कुनै भयंकर युद्धभूमिमा छु । जसलाई विस्फोटको आवाज मन पर्छ, उनीहरुलाई त रमाइलै लाग्ला तर म जस्ता शान्तिप्रेमीलाई त्यस्तो अवस्थामा रहेर ड्याम ड्याम ड्याम ड्यामको को एकोहोरो आवाज सुनिरहनु पर्दा कस्तो भयो होला ।
हामी हिन्दुहरुले आफ्नो संस्कृति, चाडवाड र रीतिरिवाज पनि कसरी पो मनाउँछौ हौ । मलाई त सम्झी सम्झी दिक्क पो लाग्छ । कहिले अरुको ज्यान मारेर मनाउनु पर्ने, कहिले अरुलाई वाधा गरेर, दिक्क लगाएर मनाउनु पर्ने । यि दशैं तिहार जस्ता चाडपर्वहरु अरुलाई हानी नगरी मनाउन सकिदैन र ?!!!!

Comments