ट्राफिक नियम कसको लागि ???

आजकल मोटरसाइकलमा चढ्नेहरुले हेलमेट नलगाई चलाएको देख्दा मनै कस्तो कस्तो हुन्छ । ट्राफिक प्रहरीको आँखा छल्दै ७०-८० कि.मि.को गतिमा मोटरसाइकल हुइँक्याउनेहरु आजकल बाटोमा प्रशस्तै देखिन्छन् । त्यसरी ट्राफिक प्रहरीको आँखा छलेर मोटरसाइकल कुदाउनेलाई के थाहा उसले आफैलाई छलिरहेको छ । हेलमेट नलगाई मोटरसाइकल कुदाउँदा दायाँ बायाँ ट्राफिक प्रहरी छ कि भनेर हेर्दै गर्दा दुर्घटना हुने सम्भावना झन बढी हुन्छ । तर खै उनीहरुले यो कुरा बुझेको ।
संसारको सवैभन्दा चेतनशील प्राणी मानिस रे । हुन पनि सक्छ । तर मलाई शत प्रतिशत विश्वास चाहिँ छैन । किनकी धेरै धेरै पढेलेखेका र विद्वान मानिसले पनि हेलमेट नलगाई मोटरसाइकल कुदाइरहेको देखे पछि मैले चाहीँ के भन्नु अव - वुद्धु कि विद्वान । विद्वान भए त हेलमेट लगाएर मोटरसाइकल कुदाएर ट्राफिक नियमको पालना गर्दै भन्ने थियो होला - ट्राफिक नियम सवारी चालक, बटुवा र सर्वसाधारणकै निमित्त बनाइएको हो सरकार र ट्राफिक प्रहरीको निम्ति हैन ।

Comments

  1. Traffic Rules chai Byake drive garnee ko lagi Surakcha ho traffic ko lagi gogi bhari paisha ho bhane kira tatha machat haru ko lagi Kal ho

    ReplyDelete

Post a Comment