बेग्लाबेग्लै घटनामा तीन बालबालिकाको मृत्यु




२३ साउन, दमक।
झापा र पाँचथरका बेग्लाबेग्लै घटनामा परी तीन बालबालिकाको ज्यान गएको छ।
झापाको शनि-अर्जुन नगरपालिकामा आज दिउँसो पैनीमा डुबेर दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका १ का चित्र बहादुर मगरका ११ वर्षिय छोरा निश्चल र प्रदिप कार्कीका ९ वर्षिय छोरा पुष्कर कार्की हुन्।




उनीहरुको सोही नगरपालिकामा पर्ने बिरिङ खोलाबाट पानी ल्याएको पैनीमा पौडी खेल्ने क्रमममा डुबेर मृत्यु भएको हो। स्थानीयवासीले उनीहरुलाई पैनीमा बेहोस अवस्थामा देखिपछि बाहिर निकाली उपचारका लागि शनिश्चरे अस्पताल लैजाने क्रममा बाटैमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
उता पाँचथरको भारपामा आज दिउँसो मोटरसाइकलको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन्। बाटोमा खेल्ने क्रममा बा. ४७ प ३३५५ नम्बरको मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ।
ठक्कर दिने मोटरसाइकल चालक मङ्गलसिंह साँवालाई स्थानीय प्रहरीले जनाएको छ।





Comments