संविधान नामको कागज च्यात्तैमा संविधान च्यातिँदैन - ओली



२१ असार, दमक।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान नामकको कागज च्यात्तैमा संविधान नच्यातिने बताएका छन् ।
आज प्रेस चौतारी झापाले दमक १० स्थित उनकै निवासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै पनि राजनीतिक दलले गैर जिम्मेवार रुपमा संविधान च्यातेर मुलुकको उपलब्धी नहुने बताए।
मुलुकबासीकै लागि ऐतिहासिक उपलब्धी दिन सबै दल मिल्नुको बिकल्प नभएको बताउँदै उनले संविधानमा केही कमी कमजोर रहे आगामी दिनमा सच्याउने उल्लेख गरे।
प्रेस चौतारी जिल्ला सचिव मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्वर ७ झापाका संविधान सभासदसमेत रहेका ओलीले राज्यको सिमांकन गर्ने काम आयोग बनाएर गह्रकिलो अध्ययनका साथ पूरा गर्ने बताए।




आयोगको बिषयमा नागरिकहरुले धेरै चिन्ता गर्नु पर्ने अवस्था नभए पनि संविधान जारी नभएसम्म खवरदारी प्रत्येक नागरिकले गर्नु पर्ने नेता ओलीको भनाई थियो।
हिजो गृह नगरी दमक आएका ओलीले पत्रकारको जिज्ञासामा संविधान सम्झौताको दस्तावेज भएको हुँदा एक पार्टीको सबै एजेन्डा संविधानमा समावेश हुन नसक्ने बताए। भोलिका दिनमा कसैले पनि मुद्दा संविधान संशोधन गर्दा समावेश गरे हुनेहुँदा धम्की दिनुको कुनै तुक नरहेकोले नेपाली जनतालाई संविधानको दिनसक्नु ऐतिहासिक फाइदा हुने उनको भनाई छ ।
केही वर्षभित्र दमक अन्य शहरभन्दा बिकसित हुने ओलीले बताए।
कार्यक्रममा क्षेत्र नम्वर ७ का संसद सम्पर्क कार्यालयका प्रमुख होम थापाले अध्यक्ष ओलीको पहलमा सञ्चालित योजनाहरुको बारेमा पत्रकारलाई जानकारी दिएका थिए।
यस्तै ओलीले आज दिउँसो झापा क्षेत्र नम्वर ७ को लखनपुर, धरमपुर र तोपगाछीहरुको योजनाको अवलोकन तथा स्थानीयबासीसँग भेटघाट गरेको एमालेले जनाएको छ ।



Comments