आइपडमार्फत डाइस खेलाउने ११ पक्राउ




२१ असार, दमक ।
आइपडमा डाइस खेलाउने ११ जनालाई प्रहरीले आज दमकबाट पक्राउ गरेको छ । दिउँसो साढे २ वजे दमक ८ स्थित ताराबारी ढाट माथितिर डाइस खेलाइरहेको वेला इलाका प्रहरी कार्यालय दमकको प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयका प्रहरी निरिक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिए।
अनुसन्धानपछि उनीहरूविरूद्ध मुद्दा चलाइने प्रहरी निरीक्षक कार्कीले बताए।



Comments