कार्यकारी अधिकृत गुरागाईमाथि आक्रमण




१८ असार, दमक।
झापाको शिवसताक्षी नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंमाथि शुक्रवार दिउँसो आक्रमण भएको छ । कार्यालयमा काम गरिरहेका बेला उनलाई शिवसताक्षी-८ का बुद्धिमान खोयाङ्गले मोटरसाइकलको हेलमेटले आक्रमण गरेका हुन् । आक्रमणबाट अधिकृत गुरागाई भने सकुशल नै रहेका छन् ।
कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरको ९ नम्बर वडामा निर्माणाधीन बाँध भत्काएको सिफारिस लिन नगरपालिका पुगेका शिवराम कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर मनोज उप्रेतीसहित खोयाङ्गले आफूमाथि अनाहकमा आक्रमण गरेको कार्यकारी अधिकृत गुरागाईँले बताए ।


बाढीले क्षति पुर्‍याएको बाँधको स्थलगत निरीक्षण गरेपछि मात्र नगरपालिकाले सिफारिस उपलब्ध गराउने बताएपछि उनीहरुले आक्रमण गरेको उनले बताए ।
यसैवीच इलाका प्रहरी कार्यालय झिलझिलेले शिवराम कन्स्ट्रक्सनका सञ्चालक उप्रेतीलाई पक्राउ गरेको छ । गुरागाईमाथि आक्रमण गर्ने खोयाङ्ग भने फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



Comments