पाथिभरालाई मेचीले पूनर्जीवन दिने



११ फागुन, दमक।
दमकमा अलपत्र अवस्थामा रहेको पाथिभरा आँखा अस्पताल (श्री पाथिभरा नेत्रालय) लाई मेची आँखा अस्पताल बिर्तामोडले सञ्चालन गर्ने सहमति भएको छ ।
आज दमकमा भएको कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाण्डौको स्वामित्वमा रहेको सो अस्पताल सञ्चालनका लागि मेची आँखा अस्पताललाई पूर्ण जिम्मेवारी दिइने सहमति भएको छ ।
अस्पतालसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले लगानी गरी निर्माण गर्ने प्रतिबद्धता जनाएको लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टका अध्यक्ष अजय अग्रवालले जानकारी दिए। आउँदो बैशाख पहिलो साताबाट नियमित रुपमा सेवा सञ्चालन गरिने मेची आँखा अस्पतालका अध्यक्ष छत्रबहादुर अधिकारीले जानकारी दिए।

-->
पाथिभरा नेत्रालयको भौतिक अवस्थामा सुधार गरी उच्चतम प्रबिधिको प्रयोग गरेर सेवा सञ्चालनमा ल्याइने अधिकारीले जानकारी दिए। लायन्स क्लब अफ काठमाण्डौँका अध्यक्ष बाबुलाल अग्रवाल, पूर्व अध्यक्ष घनश्याम कायस्थले अस्पताल सञ्चालनका लागि सहमति दिने बताएका थिए।

-->

Comments