यायोक्खाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भारतमा




२ फागुन, पथरी।
किरात राई यायोक्खाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भारतको सिलिगुढीमा हुने भएको छ । दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन फागुन ९ र १० गते भारतको पश्चिम बंगालस्थित दार्जिलिङस्थित शिलिगुढीमा सम्पन्न हुने भएको हो ।
किरात राई जातिको मुन्धुम अभिलेखन गर्ने हेतुले अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तरता दिइएको सम्मेलन आयोजक समितिको संयोजक तथा किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष यसोदा राईले जानकारी दिइन् ।




वि.सं. २०६७ सालमा काठमाडौमा पहिलोपल्ट यायोक्खाको सम्मेलन भएको थियो । दोस्रो सम्मेलनमा किरात धर्म, मुन्धुम र किरात लिपीको बिषयमा ३ वटा प्रतिबेदन प्रस्तुत गरिने जनाइएको छ ।


Comments