ओम सतासीको मेची महाकाली भ्रमण

१३ फागुन, दमक।
ओम सतासी बचत तथा ऋण सहकारी संस्था दमकको टोली मेची महाकाली भ्रमणको लागि आज दमकबाट महाकाली प्रस्थान गरेको छ ।
संस्थाको सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति, शेयर सदस्य र कर्मचारी सहितको टोली सहकारी अवलोकन भ्रमणका लागि महाकाली प्रस्थान गरेको हो । संस्थाका अध्यक्ष देउकुमार लिम्वूको नेतृत्वमा गएको ६० जनाको समुहले लुम्विनी, चितवनको बखानपुरमा रहेको नेपालको पहिलो सहकारी संस्थाको अवलोकन भ्रमण गर्ने लेखा समिति संयोजक राजेन्द्र दंगालले बताए। पाल्पा, महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।


टोलीले त्यस ठाउँका सहकारी संस्थाहरुले गरेको प्रगति, अनुभव आदान प्रदान, सुझाव संकलन, संस्थाका शेयर सदस्यहरुले गरेको उपलब्धीको स्थलगत अध्ययन अवलोकन गर्ने ओम सतासीकी ब्यवस्थापक हेमकुमारी दंगालले बताइन्। धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन, सहकारीका बिषयमा दखल भएका ब्यक्तिहरुसँग छलफल, सहकारीका समसायमिक बिषयमा बहस तथा अन्तरक्रिया गरिने त्यसबाट प्राप्त सुझाव उपलब्धीलाई भविष्यमा ओमसतासीले योजना तथा नीति कार्यक्रममा समावेश गरेर अघि बढ्ने उद्देश्य रहेको अध्यक्ष लिम्वूले बताइन्।



Comments