युएईमा नेपाली जन सम्पर्क समितिको भव्य सांस्कृतिक कार्यक्रम र वनभोज हुँदै

रामकुमार परियार, युएई।
नेपाली जनसम्पर्क समिति युएईले फागु पूर्णिमाको अवसरमा आगामी मार्च ६ तारिख भव्य सांस्कृतिक कार्यक्रम र वनभोजको आयोजना गरी धुमधामका साथ होलि मनाउने भएको छ ।
नेपाली जनसम्पर्क समिति युएई अन्तर्गतको अल एन क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा युएईकै हरित शहर भनेर चिनिने सुन्दर पर्यटकिय नगरी अल एनमा कार्यक्रम आयोजना गर्न लागिएको समितिका केन्द्रीय सभापति चित्र के.सी.ले जानकारी दिए।
समितिको हालै सम्पन्न बैठकले उक्त कार्यक्रमलाई भव्यतापुर्वक सफल बनाउन विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिइएको केसीले बताएका छन्। जसअनुसार अल एन क्षेत्रीय समितिका सल्लाहकार इन्जिनियर राकेश कुमार जैसवाललाई कार्यक्रम संयोजकको र मोहन बुढाथोकीलाई उप संयोजकको जिम्मेवारी दिइएको छ ।




त्यसैगरी क्षेत्रीय समितिका सभापति पूर्ण बहादुर ओली, अजय मिश्र, मुकेश यादव, कृतिमान पुन मगर, संजय झा, धनमाया शिवा, नवीन मगर ,सुरेन्द्र महतो, रामकुमार राउत, योगेश गुरुङ रहने गरी मुल व्यवस्थापन समिति समेत गठन गरिएको छ । साथै सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी केन्द्रीय सदस्य रामकृष्ण पुनलाई दिइएको छ ।

कार्यक्रमलाई सहज बनाउनको निम्ति अबुधाबी क्षेत्रबाट क्षेत्रीय अध्यक्ष मोहन योगी, क्षेत्रीय सचिव नारायण गिरी, सह-सचिव रामगोपाल श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष कृष्ण ओझा, अमर सेर्पुर्जा, केन्द्रीय सदस्यहरु चन्द्र सारु मगर र सोभित थापाले आआफ्नो जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।



त्यसैगरी दुबई क्षेत्रबाट क्षेत्रीय अध्यक्ष राजेन्द्र अधिकारी, उपाध्यक्ष मीन भण्डारी, अमर रानाभाट, सचिव हरि खड्का, क्षेत्रीय सदस्य हेमा भण्डारी, ज्ञानुमाया पौडेल, केन्द्रीय सदस्यहरु भीम अधिकारी र गोपाल कँडेल, केन्द्रीय उप-सभापति खेमराज बस्नेत अनि सारजाहबाट क्षेत्रीय अध्यक्ष बिनोद तामाङ, उपाध्यक्ष तारा सुवेदी केन्द्रीय सदस्य बुद्धि भट्टराई र अजमान क्षेत्रमा क्षेत्रीय अध्यक्ष भूमिराज चालिसेलाई सम्पर्क गर्ने गरी कार्य विभाजन तथा प्रचारप्रसारको जिम्मेवारी तोकिएको सभापति के.सी.ले जानकारी दिए।
यूएईमा रहने नेपाली समुदायमा सामाजिक तथा सहयोगी संस्थाका रुपमा परिचित यस नेपाली जनसम्पर्क समितिले विगतदेखि नै प्रवासी नेपालीहरुको हक हित र उद्दारका निम्ति विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ भने बेलाबेला यस्ता सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुको माध्यमबाट एक आपसमा परिचय, भाईचारा र अपनत्वको भावना विकास गर्दै आएको छ ।



Comments